+
+

राहतको १० केजी चामलसँगै एमालेको चिठी !

हरि अधिकारी हरि अधिकारी
२०७८ जेठ १२ गते १४:३२

१२ जेठ, विराटनगर । नेकपा एमालेको इटहरी नगर कमिटीले वडा नम्बर ३ को सुनौलो बस्तीमा राहत बाँड्यो । ११२ परिवारलाई १० किलोग्राम चामल, तीन किलोग्राम दाल, तीन किलोग्राम आलु र तेलका दरले राहत वितरण गरिएको थियो ।

एमालेले अघिल्लो साता नै राहत बाँड्न खोजेको थियो । तर स्थानीय प्रशासनले राहत वितरणका लागि एकद्वार प्रणाली अपनाएको भन्दै वडाध्यक्षले रोके ।

मंगलबार नगर प्रमुखले अनुमति दिएको भन्दै उपमेयर लक्ष्मी गौतमको उपस्थितिमा राहत वितरण भयो ।

तर कोरोना संक्रमित तथा विपन्न परिवारलाई दिइएको राहतमा ‘नेकपा एमालेको तर्फबाट’ चिठी पनि भेटिएको छ । जसमा लेखिएको छ, ‘यस महामारीको सामना गर्न तपाईंहरुको साथमा सिंगो नेकपा (एमाले) पार्टी रहेको छ, भन्दै संक्रमित टोलबासीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

उपमेयर गौमले राहतमा पार्टीको चिठी राखेको विषय आफूलाई थाहा नभएको बताइन् । भनिन्, ‘चिठी छ भन्ने जानकारी भएन, उहीं पुगेपछि मात्रै थाहा भयो ।’

राहतमा राजनीति गर्न खोजेको भन्दै विवाद भएपछि राहतको पोकोबाट पत्र निकालेर फ्याँकिएको थियो ।

पत्रमा हस्ताक्षर गर्ने एमाले नगर अध्यक्ष यामकुमार सुब्बाले भने विपन्न बस्तीमा रहेकाहरुलाई सान्त्वना स्वरुप राहत पठाएको बताए । ‘राहत पठाएको बोरामा स्वास्थ्यलाभको कामना गरिएको छ,’ उनले भने, ‘यो ठूलो इस्यू बनाउने विषय होइन ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?