
१२ जेठ, काठमाडौं । कोरोना भाइरसको संक्रमण दर बढेको भन्दै कालिमाटी तरकारी बजारका व्यवसायीका सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू गरिएको छ ।
तरकारी ओसारपसारका लागि प्रयोग गरिने सवारी साधनमा जोर–बिजोर प्रणाली लगाउने निर्णय गरिएको बजार विकास समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले अनलाइनखबरलाई बताए ।
उनका अनुसार करिब ७० वटा सवारी साधन ढुवानीका लागि प्रयोग हुँदै आएका छन् । उपत्यका प्रशासनले तीन जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गरेको छ । तर प्रशासनले तरकारीका सवारी साधनलाई अत्यावश्यक सेवाका रुपमा राखेर सञ्चालनमा अवरोध गरेको छैन ।
कालिमाटी तरकारी बजारमा किनमेलको नाममा भिड बढेको गुनासो पनि बढेको छ । धेरै गाडी भएर चालक र सहचालककै कारण पनि भिड बढी देखिएकाले जोर–बिजोर प्रणाली लगाउनुपरेको भट्टराईले बताए ।
उपत्यका बाहिरबाट तरकारी ल्याउने गाडीमा भने जोरविजोर प्रणाली नलाग्ने उनले जानकारी दिए ।
प्रतिक्रिया 4