+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

‘हिमालयन रि’लाई पुनर्बीमा लाइसेन्स दिने बीमा समितिको निर्णय

रोयल आचार्य रोयल आचार्य
२०७८ जेठ १७ गते १७:४७

१७ जेठ, काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले प्रस्तावित हिमालयन रि–इन्स्याेरेन्सलाई पुनर्बीमा व्यवसाय सञ्चालनका लागि सञ्चालन अनुमति (लाइसेन्स) दिने निर्णय गरेको छ ।

पुनर्बीमा कम्पनीको लाइसेन्स लिने दौडमा हिमालयनसहित पाँच कम्पनीहरु थिए । अन्य चारलाई पछि पार्दै हिमालयनले लाइसेन्स हात पार्ने भएको हो ।

‘हामीले हिमालयन रिलाई लाइसेन्स दिने निर्णय गरेका छौँ, माइन्यूट हुन मात्रै बाँकी छ’ बीमा समितिका एक अधिकारीले भने, ‘अब अन्य कम्पनीहरु आउट भएका छन्, हिमालयनको प्रक्रिया शुरु हुन्छ ।’

हाल मुलुकमा एक मात्रै पुनर्बीमा कम्पनी सञ्चालनमा छ । दुईवटा आवश्यक पर्ने भन्दै नियामक निकाय बीमा समितिले थप एउटालाई लाइसेन्स दिन आवेदन माग गरेको थियो ।

हिमालयनसँगै काठमाडौं रि–इन्स्योरेन्स, अन्नपूर्ण रि–इन्स्योरेन्स र प्रुडेन्सियल रि–इन्स्याेरेन्सले पनि लाइसेन्सका लागि निवेदन दर्ता गराएका छन् । व्यवसायी सुलभ अग्रवालले हिमालयन रि दर्ताका लागि निवेदन दिएका थिए ।

यस कम्पनीको संस्थापकहरुमा नेपालका चर्चित व्यावसायिक घरानाहरु प्रस्ताव गरिएको छ । प्रतिस्पर्धामा रहेका अन्य कम्पनीहरुमा व्यवसायीहरु तथा बीमाका विज्ञहरु समेत थिए ।

अरुलाई भन्दा हिमालयनलाई नै लाइसेन्स दिनु उपर्युक्त देखिएको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए ।

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?