Comments Add Comment

चितवनमा जेठ २७ गतेसम्म निषेधाज्ञा थपियो

१९, जेठ, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जेठ २७ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।

तेस्रोपटक थपिएको निषेधाज्ञाको समय जेठ २० गते राति सकिने भएपछि प्रशासन कार्यालयले एक साता थप गरेको हो । प्रशासनले यसपटक थप गरेको निषेधाज्ञामा बैंक तथा वित्तीय क्षेत्रलाई केही खुकुलो पारिएको छ ।

यो साता सक्रिय संक्रमितको संख्यामा कमी आए अर्को पटकदेखि सल्लाह गरेर निषेधाज्ञालाई केही खुकुलो बनाउने तयारी प्रशासनको छ । जिल्लामा अहिले ४ हजार ८४५ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये होम आइसोलेसनमा ४ हजार ६७९ जना छन् । यो संख्यामा आगामी साता कमी आउने अपेक्षा गरिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले बताए ।

जिल्ला प्रशासन कार्यालय चितवनले गत वैशाख १६ गते रातिदेखि लागू हुने गरी वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको थियो । लगत्तै जेठ १३ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको थियो । कोरोना संक्रमणको दर अझै नघटेपछि जेठ २० गते राति १२ बजेसम्म लागू हुने गरी थप गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment