+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कोरोना खोप व्यवसायबाट विश्वभर थपिए ९ अर्बपति

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २० गते १७:४८

२० जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप व्यवसायको सहयोगमा विश्वमा कम्तीमा ९ जना अर्बपति थपिएका छन् ।

जी–२० मुलुकबीच विश्वव्यापी स्वास्थ्य सम्मेलन हुन गइरहेको अवस्थामा बिहीबार विभिन्न संगठन र अधिकारकर्मीहरुको समूह ‘पिपुल्स भ्याक्सिन एलायन्स’ले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

एलायन्सका अनुसार कोरोना खोप व्यवसायका कारण अर्बपति बन्नेहरुमा अमेरिकी कम्पनी मोडेर्नाका सीईओ स्टिफन बेन्सल, बायोएनटेक कम्पनीका सीईओ उगुर शाहिन, मोडेर्नाका संस्थापक लगानीकर्ता टिमोथी स्प्रिङगर, मोडेर्नाका अध्यक्ष नौबर अफेयान, मोडेर्नाकै खोप उत्पादन गरिरहेको रोभी कम्पनीका अध्यक्ष जुआन लोपेज बेल्मोन्ट, मोडेर्नाका लगानीकर्ता रोबर्ट ल्याङगर, क्यान्सिबायोलोजिक्सका संस्थापक झु टाओ, सोही कम्पनीका अर्का संस्थापक कियु डोङ्छु र माओ हुइन्होवा अर्बपति बनेका छन् ।

कोरोना खोपको एकाधिकारका कारण खोप निर्माता कम्पनीहरुले उल्लेख्य नाफा गरिरहेका छन् । जसका कारण लगानीकर्ताहरुको सम्पत्ति उल्लेख्य रुपमा बढेको छ ।

नयाँ ९ अर्बपतिहरुको समग्र सम्पत्ति १९ अर्ब ३० करोड डलर पुगेको छ । त्यस्तै यसअघि नै अर्बपतिको सूचीमा रहेका र कोरोना खोप उत्पादन गर्ने कम्पनीमा हिस्सेदारी भएका आठ अर्बपतिको सम्पत्ति पनि महामारीमा ३२ अर्ब २० करोड डलरले बढेको छ ।

जसमध्ये अर्बपति सेरम इन्ष्टिच्युट अफ इन्डियाका संस्थापक साइरस पूनावाला पनि हुन् । उनको सम्पत्ति १२ अर्ब ७० करोड डलर पुगेको छ । गत वर्ष उनीसँग आठ अर्ब २० करोड डलरको सम्पत्ति थियो ।

यूएनएड्सका कार्यकारी निर्देशक विनी ब्यानयिमाले अहिले विश्वभरका कोरोना खोप कम्पनीहरुले अत्याधिक नाफा कमाउनका लागि अन्य कम्पनीलाई खोप उत्पादनको प्रविधि दिन नमानेको र यसले कोरोना महामारी नियन्त्रणको जोखिम उत्पन्न भएको बताइन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?