
२७ जेठ, काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई गरेको कारबाही थमौती गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको पुनरावलोकन निवेदन (भ्याकेट) न्यायाधीश कुमार चुडाल र सपना प्रधान मल्लको इजलासमा तोकिएको छ ।
मंगलबार न्यायाधीश चुडालको एकल इजलासले सांसद थापालाई पदमुक्त गर्ने प्रदेश सभाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
सो मुद्दामा राष्ट्रिय जनमोर्चाले बुधबार पुनरावलोकन निवेदन दर्ता गराएको थियो ।
गण्डकी प्रदेश सभामा बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4