+
+

प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन गर्न मस्यौदा समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३१ गते १७:०३

३१ जेठ, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन गरिने भएको छ । यसको संशोधनका लागि सांसदहरु सहभागी भएको मस्यौदा समिति गठन गरिएको छ ।

सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधनका लागि मस्यौदा समिति गठन गरेको हो ।

समितिमा सत्तारुढ जनता समाजवादी (जसपा)को तर्फबाट रामाशिष यादव र नेपाली कांग्रेसको तर्फबाट शिवचन्द्र चौधरी तथा विपक्षी दल नेकपा एमालेको तर्फबाट सुन्दरबहादुर विश्वकर्मा, नेकपा माओवादी केन्द्रबाट रामकुमार यादव तथा नेपाल संघीय समाजवादी पार्टीबाट सावित्रीदेवी साहलाई राखिएको छ । समितिमा रहेकामध्येबाट एक जनालाई सभापति चयन गरिनेछ ।

समितिले प्रदेश सरकारको मन्त्रालय परिवर्तन भएअनुसार विषयगत समितिहरुको कार्यक्षेत्र निर्धारण गर्न, प्रदेशसभालाई सूचना मैत्री बनाउन, प्रदेशसभा तथा सचिवालयलाई व्यवस्थित तथा अझै प्रभावकारी बनाउने किसिमले प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन गर्नेछन् ।

प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम २२३ बमोजिम संशोधन मस्यौदा समिति गठन गरिएको छ । समितिले कार्य प्रारम्भ गरेको १५ दिनभित्र काम गरिसक्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?