२ असार, पोखरा । मद्नी खोलामा आएको बाढीले भेंडिगोठसँगै ३ सयवटा भेंडाबाख्रा बगाएको छ ।
मादी गाउँपालिका वडा-१ हुँगु भन्ने ठाउँमा आएको बाढीले ३ सयवटा भेंडाबाख्रा बगाएको हो ।
यस्तै गोठमा रहेका ३ जना गोठाला भने सम्पर्कमा आएका छन् ।
उनीहरूलाई सुरक्षित स्थानमा ल्याउने तयारी भइरहेको वडाध्यक्ष सुरज गुरूङले जानकारी दिए ।
अन्नपूर्ण शृंखलाको लमजुङ हिमालदेखि आउने मद्नी खोलाको बाढीले बाख्रा बगाएको गुरूङले बताए ।