
९ असार, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा प्यालिएटिभ केयर (दुखाइ कम गर्ने) सेवाको सुरुवात गर्ने डा. चाँदनी वैद्य श्रेष्ठको ५३ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित डा. श्रेष्ठको त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको उनका आफन्त समेत रहेका प्रसुति गृह थापाथलीका पूर्व निर्देशक डा. अमिरबाबु श्रेष्ठले बताए ।
घरमै चिकित्सकीय सेवा लिइरहेका डा. श्रेष्ठको स्वास्थ्य अवस्था अचानक गम्भीर बनेपछि उनलाई उपचारका लागि शिक्षण अस्पताल लगिएको थियो ।
‘डा. चाँदनीमा १५ वर्षदेखि ब्रेस्ट क्यान्सरको समस्या थियो । पछिल्लो समय क्यान्सर सर्दै गएर कलेजोमा असर गरेको थियो,’ डा. अमिरबाबु श्रेष्ठले भने, ‘आज विहान स्वास्थ्यमा अचानक गम्भीर देखिएपछि शिक्षण अस्पताल पुर्याएका थियौं । तर बचाउन सकिएन ।’
पछिल्लो समय डा. चाँदनी भक्तपुर क्यान्सर अस्पतालको प्यालिएटिभ केयरको इन्चार्ज थिइन् । क्यानडाबाट प्यालिएटिभ केयरसम्बन्धी तालिम लिएर उनले भक्तपुर क्यान्सर अस्पतालमा पहिलो पटक उक्त सेवाको सुरुवात गरेकी थिइन् ।
प्रतिक्रिया 4