
नायिका अदिती वुढाथोकी मुम्बइलाई सपना बुनेर अगाडि बढ्दै गरेकी एक कलाकार हुन् । नेपालको पूर्वी जिल्लामा जन्मिएर काठमाडौंमा नै हुर्किएकी अदिती नेपाली चलचित्र क्षेत्रमा भन्दा अगाडि नै मुम्बइको रंगिन दुनियाँमा सपना देखेर अगाडि बढिसकेकी थिइन् ।
सामाजिक संजाल इन्स्टाग्राममा १४ लाख फ्यान कमाएकी यी सुन्दरीले भारतमा रहेर मोडलिङ र भिडियोमा अभिनय गरिरहेकी छिन् ।
हिन्दी, पंजाबी गीतका भिडियोमा अभिनय गरेकी यी नायिकाको सफलताको कथा आफैमा रोचक छ । नेपालबाट मुम्बई पुगेर कला क्षेत्रमा जम्ने सपना धेरै यूवायूवतीहरुले देख्ने गरेका छन् ।
तर, रिजर्भ स्वभावकी अदितीले जती काम गरेकी छिन् त्यसमा उनको सपना र मिहिनेत झल्किएको छ ।
उनै, अदितीले चलचित्र ‘कृ’बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेकी हुन् । यो चलचित्रले उनलाई चर्चित त बनायो तर सफलता दिलाएन । तर, पनि उनलाई खासै फरक भने परेन । यसपछि, उनले केही बर्षको ब्रेकअपछि आफ्नै होम प्रोडक्शनको चलचित्र ‘बाबरी’मा काम गरिरहेकी छिन् ।
नेपाली चलचित्र र भारतका केही म्यूजिक भिडियोमा एकसाथ काम गरिरहेकी उनी विभिन्न प्रोडक्सन हाउससँग पनि जोडिएकी छिन् । छोटो समयमा नै सफलताको स्वाद चाख्दै गरेकी अदितीलाई जन्मदिनको अवसरमा उनका फ्यानले शुभकामना दिइरहेका छन् ।
नेपाली र बलिउड चलचित्रमा भविष्य खोजिरहेकी अदितीलाई जन्मदिनको धेरै धेरै शुभकामना ।
प्रतिक्रिया 4