+
+

रोपाइँमा रमाउँदै दीपा र स्वस्तिमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १५ गते १२:३६

आज असार १५ । आज नेपालभर धान दिवस मनाइँदैछ । नेपाली चलचित्रका कलाकारहरु पनि धान दिवसको अवसरमा विभिन्न स्थानमा पुगेर रोपाँइमा रमाइरहेका छन् ।
निर्देशक दीपाश्री निरौला र नायिका स्वस्तिमा खड्काले भक्तपुरमा पुगेर रोपाँई गरेका छन् ।

निर्देशक दीपाश्री निरौलाले अनलाइनखबरसँग भनिन्–‘अहिलेको पुस्ता मध्ये धेरैलाई चामल सोझै बोरामा आउँछ भन्ने सोच छ । यसैले, अहिलेको पुस्तालाई चामलका लागि निकै दुःख गर्नुपर्छ भन्ने सन्देश दिन पनि हामी रोपाँई महोत्सवमा सहभागी भएका हौं ।’

उनले, कृषी प्रधान देशमा खेती किसानीलाई प्राथमिकता दिनुपर्ने पनि बताइन् । दीपाले आफूले विराटनगरमा पनि धान रोपेको बताउँदै काठमाडौं आएपछि भने धान रोपाँई मिस हुने गरेको सुनाइन् ।

सुरविन वान्तवाको निमन्त्रणमा स्वस्तिमा र आफू भक्तपुरमा धान रोप्न पुगेको दीपाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?