+
+

भारतमा कोरोना संक्रमितको संख्या १११ दिनयताकै कम

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २२ गते १२:४७

२२ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्या १११ दिनयताकै कममा झरेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३४ हजार नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या तीन करोड ६ लाख १९ हजार नाघेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण ५५३ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि चार लाख ३ हजार २८१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतको केरलामा आठ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । त्यस्तै महाराष्ट्रमा नयाँ संक्रमितको संख्या ६ हजारभन्दा धेरै छ । तामिलनाडुमा तीन हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ४ लाख ६४ हजारमा झरेको छ । भारतमा अहिलेसम्म ३५ करोड ७५ लाख डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई लगाइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?