
तीज गीत रेकडिङ तथा छायांकनको समय छ । तीज गीतमा स्वर दिनका लागि विशेषगरि गायिकाहरुलाई भ्याइनभ्याई छ । उनीहरु, एक दिनमै गीतको छायांकनमा पुग्छन् भने सोही दिन रेकडिङका लागि पनि समय मिलाउँछन् । गायिकाहरुलाई काममा पूर्ण रुपमा ध्यान दिन भन्दा पनि कसरी हुन्छ यही समयमा पैसा कमाइहालौं भन्ने सोच हाबी भएको देखिन्छ ।
यस्तै देखियो गायिकाद्धय रचना रिमाल र समिक्षा अधिकारीमा पनि । मंगलबार करिब ११ मिनेट लामो तीज गीतको छायांकनका लागि उनीहरुले समय दिए । गायिका अनिता चलाउनेले लगानी गरेको गीतको सेटमा पुगेका उनीहरुलाई बेलुकीको ३ बज्दा नबज्दै हतारो भयो । निर्देशक गम्भिर बिष्ट पनि रचना र समिक्षाकै कारण हतारमा देखिए ।
समिक्षा र रचनाले भिडियो छायांकन भैरहेको दिनमा नै अर्को एक गीतको रेकडिङका लागि समय दिएका रहेछन् । यसैले, गम्भिरले समिक्षा र रचनाको दृश्य हतार हतारमा छायांकन गरे ।
यतिसम्म कि, समिक्षा त भिडियोको पोष्टरका लागि फोटोसुट गर्ने क्रममा पनि फोटो भिडियोबाट तान्दा हुँदैन भन्दै आत्तिएकी थिइन् । समिक्षा र रचनालाई मिडियासँग न त कुराकानी गर्ने फुर्सद भयो न त सुटिङ नै ध्यान दिएर गर्ने समय ।
अब, यसरी हतारमा गरिएको कामको नतिजा कस्तो आउने हो त्यो गीत रिलिज भएपछि थाहा हुन्छ । तर, पैसा कमाउने मौसम हो भन्दैमा काम नै हतार हतारमा गर्दा त्यसले सुखद नजिता दिदैन ।
प्रतिक्रिया 4