
२८ असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षाका लागि आफूहरुले चलाएको अभियान सफल भएको बताएका छन् ।
सर्वोच्च अदालतले सरकारको सिफारिशमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी भएसँगै नेता पौडेलले यस्तो टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै नेता पौडेलले सर्वोच्चको फैसलाले संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयासलाई असफल बनाएको भन्दै सर्वोच्चका न्यायमूर्तिलाई धन्यवाद र पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4