+
+

रिद्धिसिद्धि सिमेन्टलाई थप एक गुणस्तर मापदण्ड प्रमाणपत्र

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३१ गते १९:४४

रिद्धिसिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेको छ । ४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरूको सबैभन्दा उत्कृष्ट ग्रेड मध्येको एक हो । गुणस्तरको यो नयाँ मापदण्ड प्राप्त गरेसँगै रिद्धिसिद्धि सिमेन्टले गुणस्तरमा ठूलो उपलब्धि हासिल गर्दै यसले थप जिम्मेवारीबोध भएको कम्पनीले बताएको छ । कम्पनीले ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेसँगै यसले आफ्ना ग्राहकहरुको गुणस्तरप्रतिको विश्वासलाई अझ मजबुत बनाउने कुरामा विश्वस्त बनाएको बताएको छ ।

निर्माण कार्य गर्नुअघि सम्पूर्ण ग्राहक वर्गहरुलाई सिमेन्टको प्रयोग पूर्व वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्यसहित रिद्धिसिद्धि सिमेन्टले पहिलोपटक गतवर्ष ल्याएको थियो–“शिलान्यास रिद्धिसिद्धिसँग” नामक विशेष योजना जसलाई नयाँ वर्ष २०७८ मा पनि निरन्तरता दिएको थियो । तर, कोभिड–१९ को महामारीले निम्त्याएको प्रतिकूल परिस्थितिका कारण उक्त योजना स्थगित गरियो । केही हप्तायता परिस्थिति सामान्य भएपछि कम्पनीले उक्त योजना पुनः सुचारु भएको जानकारी दिएको छ ।

योजनाको लाभ उठाउन ग्राहक वर्गले कम्पनीको निःशुल्क टोल फ्रि नम्बर १६६००११२४४४ (नेपाल टेलिकम) ९८०१५७२११२ (एनसेल) मा सम्पर्क गर्न सक्नेछन् । साथै, कम्पनीको आधिकारिक फेसबुक पेजको विज्ञापन क्लिक गरी वा पत्रिकामा प्रकाशित विज्ञापनमा रहेको QR Code स्क्यान गरी रिद्धिसिद्धि सिमेन्टको वेभसाइटमा गई त्यहाँ रहेको फारम भर्नुपर्नेछ । अथवा, रिद्धिसिद्धि सिमेन्टको आधिकारिक बिक्रेतामा सम्पर्क राख्नुपर्नेछ ।

यो योजना प्रथम १००० उपभोक्तालाई मात्र लागु हुनेछ र यसका लागि न्यूनतम शिलान्यासको शुभ अवसरमा १०० बोरा खरिद गरिएको हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?