
३ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले कोरोना विरुद्धको खोपमा कमी आउन नदिन सरकारको ध्यानाकर्षण गराएको छ ।
आइतबार शुरु भएको राष्ट्रिय सभाको नवौं अधिवेशनको शुभारम्भमा बोल्दै नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले कोरोना विरुद्धको खोपमा कमी आउन नदिन सरकारसँग आग्रह गरेका हुन् ।
त्यसैगरी उनले मनसुनी वर्षासँगै आएको बाढी, पहिरो र डुबान प्रभावितहरुका लागि तत्काल राहतको व्यवस्था गर्न पनि सरकारसँग अनुरोध गरे ।
‘सरकारले आउने दिनमा कोरोनाविरुद्धको खोपमा कमी आउन दिने छैन । सरकारले आफ्नो लक्ष्य अनुसार नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई खोपको आवश्यक व्यवस्था गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’ उनले भने ।
सांसद अधिकारीले मुलुकमा सुशासन र समृद्धि ल्याउने गरी कानुन निर्माण गर्नुपर्ने, सत्तापक्ष, प्रतिपक्ष सबै दलले हातेमालो गरेर आवश्यकता अनुसार संविधान संशोधन गर्दै लैजानुपर्नेमा पनि जोड दिए ।
प्रतिक्रिया 4