+
+

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ७ गते १९:३१

७ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बिहीबार भाले गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको निकुन्जको धुधौरा क्षेत्रमा अन्दाजी २५ देखि ३० वर्षको भाले गैंडा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।

सो गैंडाको अर्को भाले गैंडासँग जुधेर मृत्यु भएको निकुञ्जको अनुमान छ । चालु आर्थिक वर्षमा शुरु भएको एक सातामा नै चितवन राष्ट्रिय निकुञ्जमा तीन गैंडा मरेका छन् । गत आइतबार निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको भाले गैंडा नारायणी नदी किनारमा बालुवामा गाडिएको अवस्थामा फेला परेको थियो ।

यसैगरी कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको गैंडा मृत अवस्थामा फेला परेको छ । यो गैंडा बाढीले बगाएर मृत अवस्थामा फेला परेको निकुञ्जको दाबी छ । गत आर्थिक वर्षमा निकुञ्जमा ३२ गैंडा मरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?