पहिलो चरणको लकडाउनपछि नेपाल सरकारले हल खुलाउन वास्ता नगर्दा प्रदर्शकहरुले आफै हल खुलाएका थिए । हल संचालकहरुको छाता संगठन नेपाल चलचित्र संघले गतबर्षको पौष १० गतेबाट एकतर्फी रुपमा हल खुलाएको थियो । एकतर्फी रुपमा हल खुलेको १६ दिनपछि सरकारले हल खुलाउने निर्णय गरेको थियो ।
तर, यसपटक भने चलचित्र संघले हल खुलाउन पहल नगर्ने बताएको छ । संघका महासचिव अशोक शर्माले अनलाइनखबरसँग भने–‘यसपटक हल खुलाउनेतर्फ हामी पहल गर्दैनौं । बरु, सरकारसँग नीतिगत माग हाम्रो हुनेछ ।’
चलचित्र संघले सरकारसँग निरन्तर रुपमा विभिन्न माग राखिरहेको छ । यही कुरालाई अगाडि बढाउने तयारीमा संघ छ ।
यो बर्ष वैशाखको दोश्रो साताबाट हलहरु बन्द भएका थिए । हल बन्द भएको ३ महिना पुगिसकेको छ । अशोक भन्छन्–‘सरकारले आफ्नै तरिकाले हल खुलाउने बिषयमा सम्बोधन गर्ला । तर, हामी यसपटक एकतर्फी रुपमा हल खुलाउने, हल खुलाउन ताकेता गर्ने काम गर्दैनौं ।’
हल खुलेपनि चलचित्र नभएको, चलचित्र चलाउन निर्माता तत्काल उत्साहित हुने संभावना नरहेको, तेश्रो लहरको जोखिमको बिषयमा पनि स्वास्थ्यकर्मीले सचेत गराएको आदि कारणले हल तत्काल खोलेर पनि औचित्य नहुने वुझाई संघको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4