+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

म्याद सकिएको सामानमा नयाँ मिति राख्ने कस्मेटिक गोदाममा प्रहरीको छापा

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १७ गते १४:०५

१७ साउन, काठमाडौं । म्याद गुज्रिएको कस्मेटिक सामाग्रीमा नयाँ मिति राखेर बजारमा पठाउने गरेको सूचनाका आधारमा प्रहरीले सानो भर्‍याङस्थित एक गोदाममा छापा हानेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले विशेष सूचनाका आधारमा कस्मेटिक सामानको गोदाममा छापा हानेको एसपी कृष्ण कोइरालाले अनलाइनखबरलाई बताए ।

उनका अनुसार गोदामका सञ्‍चालक र कामदारसहित दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा वीरगञ्‍ज महानगरपालिका-१३ घर भइ काठमाडौं महानगरपालिका-१३ ५ छाउनी बस्‍दै आएका ३१ वर्षीय अविनाश अग्रवाल र भारत राजस्थान सिकर जिल्ला घर भइ काठमाडौं महानगरपालिका-१५ सानो भर्‍याङ बस्‍दै आएका ४१ वर्षीय महावीर जगुर रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले म्‍याद गुज्रेका करीब २ करोड बराबरको कस्मेटिकका सामान बरामद गरेको छ भने गोदाममा सिल गरेको कोइरालाले बताए ।

उनले भने, ‘भ्यालिस्न, रुम स्प्रे, विभिन्न क्रिम लगायतका सामग्रीमा नयाँ लेबलिङ गरेर पठाउने गरेको पाइएको छ। पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागी वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग बबहरमहल पठाएका छौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?