+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

संघीय संसद भवन छिटो निर्माण गर्न सभामुख सापकोटाको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २२ गते १५:४०
फाइल तस्वीर

२२ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद भवनको निर्माण कार्य छिटो सम्पन्न गर्न आग्रह गरेका छन् । सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधीन संघीय संसद भवनको शुक्रबार अवलोकन गर्दै उनले आयोजना पदाधिकारीहरुलाई निर्माण छिटो सक्न आग्रह गरेका हुन् ।

कोरोनाका कारण प्रतिकूल स्थिति रहेको उल्लेख गर्दै सभामुख सापकोटाले भवन निर्माणका लागि आवश्यक सामग्रीको जोहो गर्ने काममा मिहिन ढंगले लाग्न पनि निर्माण कम्पनी ‘टुण्डी सेक ज्वाइन्ट भेन्चर’को ध्यानाकर्षण गराए ।

‘यो भवन चाँडोभन्दा चाँडो सम्पन्न होस् । किनभने हामी अहिले पनि भाडा तिरेर संघीय संसद भवन सञ्चालन गरिरहेका छौं । हामी चाँडोभन्दा चाँडो आफ्नै भवनमा सर्न चाहन्छौं,’ उनले भने, ‘समयमै सम्पन्न गर्नका लागि आयोजनाले आफ्नो कामको गति बढाउनुपर्छ ।’

सभामुख सापकोटाले संसद भवन निर्माणका लागि समन्वय गर्न संसद सचिवालयमा पनि जिम्मेवारी तोक्ने जानकारी दिए । निर्माणका क्रममा आयोजनालाई कुनै समस्या भए आफूले प्रधानमन्त्रीसँग पनि समन्वय गरेर समाधान गरिदिने बताए ।

२० महिना अघि निर्माण शुरु गरिएको आयोजनाको लागत करीब ५ अर्ब ६७ करोड ६१ हजार रुपैयाँ अनुमान गरिएको छ । साढे तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढाइएको सो भवनको निर्माण कार्य सोचेअनुसार अघि बढ्न नसकेको आयोजनाको भनाइ छ ।

कोरोनाका कारण आवश्यक सामग्रीको व्यवस्थापन गर्न नसक्दा भवन निर्माणको काममा ढिलाइ आयोजना प्रमुख दिलीपशेखर श्रेष्ठले बताए ।

संघीय संसद भवन १७३ रोपनी ८ आना क्षेत्रफलमा बन्दैछ । आठवटा ब्लक रहने संघीय संसद भवन परिसरभित्र चार सय सिट क्षमताको प्रतिनिधिसभा, एक सय सिट क्षमताको राष्ट्रियसभा, पुस्तकालय, संग्रहालय, चमेना गृह लगायत रहनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?