+
+

तस्वीरमा ‘द भ्वाइस अफ नेपाल’को फाइनल

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २४ गते १३:३६

शनिबार बेलुकी ८ बजेबाट सुरु भएको ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को फाइनल मध्यरात १२ बजे सकियो । निकै नै प्रतिक्षामा रहेको यो शोको फाइनललाई युटुबमा मात्र करिब ३ लाख दर्शकले लाइभ हेरेका थिए । यसले पनि शोको लोकप्रियता वुझ्न सकिन्छ ।

‘कोच प्रमोद’बाट किरण गजमेरले तेश्रो सिजनको उपाधि जितेका छन् । उनले उपाधिसँगै २५ लाख पुरस्कार र ट्रफी प्राप्त गरे । ‘द भ्वाइस अफ नेपाल ३’को फाइनलिस्टको रुपमा तारा श्रीष मगर, ज्वाला राई र आर्यन तामाङ बन्न सफल भए ।

लक्ष्मण पौडेलको निर्देशनमा तयार भएको यो रियालिटी शो हिमालय टीभीबाट हरेक साता शुक्रबार र शनिबार प्रशारण हुदै आएको थियो । तेश्रो सिजनसम्म आइपुग्दा यो शोले पाएको सफलता र चर्चाले नयाँ रेकर्ड कायम गरेको निर्माता तथा होस्ट सुशिल नेपालले बताए ।

कार्यक्रममा शोसँग जोडिएका विज्ञापनदाता, प्राविधिक टिमलाई मायाको चिनो प्रदान गरिएको थियो । शोमा दिप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र तृष्णा गुरुङ कोचको रुपमा रहेका थिए ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?