
३२ साउन, काठमाडौं । नेकपा एमालेले सरकारले छापामार शैलीमा संघीय संसद् अधिवेशन अन्त्य गरेको आरोप लगाएको छ । राष्ट्रियसभाका एमाले प्रमुख सचेतक खिमलाल भट्टराईले संसद् अन्त्यबारे कुनै सल्लाह नगरिएको बताए ।
‘हामीलाई थाहा समेत दिइएन । कुनै सल्लाह गरिएन । छापामार शैलीमा संसद् अन्त्य गरियो’, भट्टराई भन्छन् । छापामार शैलीमा संसद् अन्त्य गरेर सरकारले अनुचित उद्देश्य पूरा गर्ने संकेत गरेको उनी बताउँछन् ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले पनि संसद् अधिवेशनबारे कुनै छलफल नगरिएको बताए । कार्यव्यवस्था परामर्श बैठकमा अर्को अधिवेशन ३ भदौमा बोलाउने मिति समेत तय भए पनि आकस्मिक रुपमा संसद् अधिवेशन अन्त्य गरिएको उनले बताए ।
सोमबार प्रतिनिधिसभा बैठक शुरु हुनुअघि बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । बैठक चलिरहेकै बेला संसद् अधिवेशन अन्त्य भएको जानकारी पुगेको थियो ।
प्रतिक्रिया 4