Comments Add Comment

आँचल शर्मा

List Grid
बिहेपछि झनै विन्दास भएकी छुः आँचल शर्मा

नायिका आँचल शर्माले आफू बिहेपछि झनै विन्दास भएको बताएकी छिन् । लकडाउनको समयमा जीम जाने, मन परेका परिकार खाने र परिवारसँगै समय बिताएको बताउने आँचल अहिले भने म्यूजिक भिडियोको छायांकनमा व्यस्त छिन् । आँचललाई उनका शुभचिन्तक तथा आफन्तले बिहेपछि झनै सुन्दर देखिएको भनेर प्रतिक्रिया दिने गरेका छन् । आँचल भन्छिन्–‘मलाई त धेरै फ्यानहरुले बिहेपछि अनुहारमा […]

‘आवाज एकता’को गीतमा हरिवंशदेखि आँचलसम्म

नेपाल सरकारले नयाँ नक्सा जारी गर्ने निर्णय गरेसँगै अहिले यो विषयमा गीतसंगीत तयार गर्ने क्रम पनि बढेको छ । यसैक्रममा रवि श्रेष्ठको शब्द तथा संगीतमा तयार भएको एक नयाँ गीत सार्वजनिक गरिएको छ । गीतमा रामकृष्ण ढकाल, अन्जु पन्त र इन्द्र आरपीको स्वर छ । गीतमा कलाकारहरू हरिवंश आचार्य, दीपाश्री निरौला, केदार घिमिरे, जीतु नेपाल, […]

पूजा र आँचलको मित्रता

नायिका पूजा शर्मा र अर्की नायिका आँचल शर्माविचको सम्बन्ध सुमधुर छैन । सामाजिक संजालमा यी दुइले एक अर्कालाई गर्ने कटाक्ष पनि यसको उदाहरण हो । पूजा र आँचलको सम्बन्धको बिषयमा चलचित्र क्षेत्र नै जानकार छ । नायिका आँचल शर्माको बिहे पार्टी छल्नका लागि पूजा चलचित्र ‘म यस्तो गीत गाउँछु २’को टिमसहित मुक्तिनाथ पुगेको खबर पनि […]

आँचलको प्रश्न–‘आफ्नो देशको बारेमा बोल्दा नेपाली चेलीले यस्तो सहनुपर्ने ?’

नायिका आँचल शर्माले देश र राष्ट्रियताको बिषयमा बोल्दा नेपाली चेलीहरुले यस्तो सहनुपर्ने भन्दै प्रश्न गरेकी छिन् । पछिल्लो २ दिनदेखि सामाजिक संजालमा प्रविधिको दुरुपयोग गर्दै अश्लिल भिडियो बनाएर चरित्र हत्या गर्ने गिरोह सक्रिय देखिएको छ । नायिका शर्माले यो अवस्थामा सबै जना मिलेर अगाडि बढ्नुपर्ने बताएकी छिन् । उनले लेखेकी छिन्–‘अश्लिल भिडियो बनाएर हाम्रो चरित्र […]

सामाजिक कार्यमा सक्रिय आँचल

नायिका आँचल शर्माले बिहेपछि पनि सामाजिक कार्यलाई निरन्तरता दिइरहेकी छिन् । बिहे अगाडि पनि आँचलले विशेषगरि आफ्नो जन्मदिनमा सामाजिक कार्य गर्दै आएकी थिइन् । तर, बिहेपछि पति उदिप श्रेष्ठसँग मिलेर आँचलले सामाजिक कार्यलाई झनै अगाडि बढाएकी छिन् । बिहेपछि आफ्नो जन्मदिनमा काठमाण्डौको एक बालगृहमा पुगेर उनले बालबालिकाहरुसँग जन्मदिन मनाइन् । उनले, सो बालगृहलाई एक लाख […]

एक सय परिवारलाई आँचलको सहयोग

नायिका आँचल शर्माले एक सय विपन्न परिवारलाई सहयोग गरेकी छिन् । लकडाउनका कारण समस्यामा परेका परिवारहरूलाई आँचल र उनका श्रीमान् उदीप श्रेष्ठले राहत वितरण गरेका हुन् । आँचलले क्षेत्रपाटी क्षेत्रमा बसोबास गर्ने मजदुर परिवारलाई सहयोग गरेको बताइन् । आपतको समयमा सकेको सहयोग गर्नुपर्ने बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग गरेको उनको भनाइ छ । केही समय […]

यी हुन् यो वर्ष बिहे गर्ने कलाकार

यो वर्ष नेपाली चलचित्रका लागि सुखद रहेन । चलचित्रको रिलिज संख्या कम भए भने व्यापारिक रुपमा पनि नेपाली चलचित्र कमजोर रहे । दर्शकको मन जित्न केही चलचित्र मात्र सफल रहे । यो वर्ष नेपाली चलचित्रका केही कलाकारले विवाह गरे । नायिका दीपिका प्रसाईंदेखि आँचल शर्मासम्मले यसै वर्ष विवाह गरेका हुन् । नायिका दीपिका प्रसाईंले निर्देशक […]

सारीमा आँचल

नायिका आँचल शर्माले बिहेको पार्टीमा लगाएको लेहेङ्गाको चर्चा सामाजिक संजालमा खुबै छ । तर, सामाजिक संजालमा भएका सकारात्मक र नकारात्मक दुबै टिप्पणीको बिषयमा भने आँचलले आफूलाई जानकारी नभएको बताइन् । आँचल भन्छिन्–‘म अहिले आफ्नै घरयासी काममा बढी व्यस्त छु । सामाजिक संजालमा के चर्चा भैरहेको छ भन्ने मलाई केही पनि थाहा छैन । म अहिले […]

बालबालिकासँग आँचलले मनाइन् जन्मदिन

नायिका आँचल शर्मा आजबाट २३ बर्ष पुरा भएर २४ बर्षमा प्रवेश गरेकी छिन् । उनै, आँचलले गोकर्णमा रहेको एक बाल गृहमा पुगेर जन्मदिन मनाएकी छिन् । ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’का बालबालिकासँग आँचलले जन्मदिन सेलिव्रेशन गरेकी हुन् । गतबर्ष पनि उनी यही केन्द्रमा जन्मदिन मनाउन पुगेकी थिइन् । यो केन्द्रमा ४८ जना बालबालिका रहेका छन् […]

तीन नायिकाको बिहेमाथि समाजशास्त्रीय बहस

५ चैत, काठमाडौं । तीन महिनाजतिको अन्तरालमा नेपाली चलचित्रका तीन चर्चित नायिकाहरु वैवाहिक जीवनमा बाँधिए । नायिका ऋचा शर्माको गत मंसिर २१ गते र प्रियंका कार्कीको गत फागुन १५ गते विवाह भएको हो भने आँचल शर्माको विवाह गत बिहीबार । विवाह कुनै पनि व्यक्तिको निजी विषय हो । तर, सेलिब्रिटीहरुको विवाहमा चाहिँ आममानिसको चासो हुने […]

आँचल लेख्छिन्–‘ हरेक केटीले आफ्नो जीवनमा एकपटक बिबाहको सपना बुन्छन्’

नायिका आँचल शर्माले बिहिबार प्रेमी उदिप श्रेष्ठसँग बिहे गरिन् । उनको बिहे पार्टी सामाजिक संजाल र नेपाली मिडियामा सर्वाधिक चर्चित बन्यो । विशेषगरि, हेलिकप्टरमा होटल पुगेको र आँचलले लगाएको १६ लाखको लेहेङ्गाको चर्चा सामाजिक संजालमा व्यापक छ । संजाल प्रयोगकर्ताहरुले आँचलको पहिरन र हेलिकप्टरमा होटल पुगेको कुरालाई ट्रोल बनाइरहेका छन् । तर, यहीविचमा आँचलले भने […]

पार्टीमा आँचलले लगाइन् १६ लाखको लेहेंगा

नायिका आँचल शर्माको बिहे पार्टीको चर्चा चलचित्र बजारमा मात्र होइन, उनका फ्यानहरुमाझ पनि चलेको छ । शनिबार बेलुकी भव्य बिहे भोज आयोजना गरेका नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले बिहिबार बिहे गरेका थिए । यतिबेला, सामाजिक संजालमा आँचलको पहिरनको चर्चा सुरु भएको छ । नायिका आँचल शर्माले शनिबार आयोजित पार्टीका लागि मात्र १६ केजीको […]

उदिपको माया गर्ने बानीले छोयोः आँचल, बोलीले आकर्षित भएँः उदिप

नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठ बिहिबार बिबाह बन्धनमा बाँधिएका थिए । उनै, आँचल र उदिपले आज काठमाण्डौमा बिबाह भोजको आयोजना गरे । बिबाह भोज सुरु हुनुभन्दा अगाडि संचारकर्मीसँग कुरा गर्दै उदिप र आँचलले मनको कुरा व्यक्त गरेका छन् । उदिपको कुन बानीले तपाइलाई छोयो भन्ने प्रश्नमा आँचलले भनिन्–‘उदिपजी एकदमै केयर गर्नुहुन्छ । हरेक […]

बिहे पार्टीमा हेलिकप्टरमा पुगे आँचल र उदिप(फोटो फिचरसहित)

बिहिबार काठमाण्डौको एक होटलमा बिबाह गरेका नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले आज काठमाण्डौको पाँच तारे होटल हायातमा भव्य पार्टीको आयोजना गरेका छन् । आदिप जोडीको पार्टीमा नेपाली चलचित्रका कलाकारहरुको बाक्लो उपस्थिती थियो । हायात होटलमा उदिप र आँचलको प्रवेश विशेष रहन पुग्यो । उनीहरु, त्रिभुवन विमानस्थलमा हेलिकप्टरमा पुगेका थिए । हेलिकप्टर चार्टर गरेर […]

दुलही बन्दा यस्तो देखिइन् आँचल

नायिका आँचल शर्मा र उनका प्रेमी डाक्टर उदिप श्रेष्ठ आज बैबाहिक जीवनमा बाँधिएका छन् । काठमाण्डौको एक होटलमा आयोजना भएको बिहे समारोहमा आफन्त, साथीभाई र सिमित मात्रामा चलचित्रकर्मीलाई मात्र निम्तो गरिएको थियो । नायिका आँचल शर्मा बेहुली बन्दा खुशी देखिएकी थिइन् । आँचल र उदिपले करिब डेढ बर्ष लामो प्रेम सम्बन्धलाई बिहेमा परिणत गरेका हुन् […]

आँचल र उदिप बिहे बन्धनमा बाँधिदै

नायिका आँचल शर्मा आज बैबाहिक जीवनमा बाँधिदै छिन् । आफ्ना प्रेमी डाक्टर उदिप श्रेष्ठको साथमा उनी बैबाहिक जीवनमा बाँधिदैछिन् । आँचल र उदिपको आज काठमाण्डौको एक पाँच तारे होटलमा बिबाह हुँदैछ । आँचल र उदिपले बिबाहलाई विशेष बनाउनका लागि केही दिनदेखि तयारी गरिरहेका थिए । आँचल र उदिपको बिहे अगाडि संगीत समारोह, मेहेन्दी समारोह आयोजना […]

आँचलको बिबाहको रौनक: ब्याचलर पार्टी सकियो, आइतबार संगीत साँझ

नायिका आँचल शर्माले फागुन २९ गते बिबाह गर्दैछिन् । अहिले आँचल बिबाहको तयारी व्यस्त छिन् । आफ्ना आफन्तलाई कार्ड पठाउने काम लगभग सकिएको छ आँचल बताउँछिन् । फागनुको १२ गते इन्गेजमेन्ट गरेकी आँचलले केही दिन अगाडि मात्रै साथीहरुलाई ब्याचलर पार्टी दिइएकी छिन् । आइतबार आँचल संगीत साँझमा रम्नेछिन् । आँचलले केही दिनदेखि संगीत साँझको तयारीमा […]

इन्गेजमेन्टमा खुलेकी आँचल

नायिका आँचल शर्माले आफ्ना प्रेमी उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरिन् । आँचल र उदिपको इन्गेजमेन्ट समारोहक विशेष बन्यो । उनीहरुले, एक अर्कालाई औठी लगाइदिए र चाडै नै बेहुला–बेहुली बन्ने वाचा समेत गरे । आँचल र उदिपको बिहे फागुणको २९ गते हुँदैछ । इन्गेजमेन्टमा आँचलले लेहेङ्गा लगाएकी थिइन् । दुइको परिवार मात्र सहभागी भएको समारोहलाई विशेष बनाउन […]

इन्गेजमेन्टमा डराइन् आँचल

नायिका आँचल शर्मा र उनका प्रेमी उदिप श्रेष्ठले सोमबार इन्गेजमेन्ट गरे । काठमाण्डौको एक पार्टी प्यालेसमा दुइले औठी साटेका हुन् । इन्गेजमेन्ट सोमबार भएपनि यी दुइको बिहे भने फागुणको २९ गते हुँदैछ । चैत्रको १ गते यी दुइले चलचित्रकर्मी, आफन्त र साथीभाइका लागि पार्टीको आयोजना गरेका छन् । उदिपसँग औठी साटेसँगै नयाँ खालको अनुभव आएको […]

प्रेमी उदीपसँग आँचलको इन्गेजमेन्ट

नायिका आँचल शर्माले इन्गेजमेन्‍ट गरेकी छिन् । सोमबार प्रेमी उदीप श्रेष्ठसँग आँचलले इन्गेजमेन्ट गरेकी हुन् । काठमाडौंको चुच्चेपाटीमा रहेको एक बैंक्वोटमा उनीहरुले इन्गेजमेन्ट गरेका हुन् । इन्गेजमेन्टमा आँचलको परिवार, उदीपको परिवार र नजिकका केही आफन्तहरुको मात्र उपस्थिती थियो । उनीहरुले बिबाहको मिति भने फागुनको अन्तिमलाई रोजेका छन् । आँचल र उदीप झण्डै साढे १ वर्षदेखि […]

प्रियंका र आँचललाई बिहेको चटारो

फागुण महिना लागेसँगै नेपाली चलचित्र क्षेत्रका २ नायिकाको बिहे चर्चा चुलिएको छ । यो महिना दुई चल्तीका नायिकाले बिहे गर्दैछन् । नायिका प्रियंका कार्कीले आफ्ना प्रेमी आयुष्मान देशराज जोशीसँग बिहे गर्दैछन् । प्रियंका र आयुष्मानको बिहे फागुणको १५ गते हुने वुझिएको छ । तर, यो जोडीले भोली प्रेम दिवसको अवसर पारेर बिहे मिति सार्वजनिक गर्ने […]