
काठमाडौंँ । आँचल शर्मा, साम्राज्ञी शाह, मिरुना मगर, शिल्पा मास्के, प्रदीप खड्का, सोफिया भुजेल, निमेश कपालीलगायतका सेलेब्रिटी एउटै र्याम्पमा हिँड्ने भएका छन् । शनिबार याक एण्ड यतिमा आयोजना हुने ‘ग्ल्याम नेपाल इन्टरनेसनल २०२४’ फेसन शोमा यी कलाकारलाई शो-स्टपरको रुपमा हेर्न पाइने भएको हो ।
हेल्दी च्वाइसद्धारा प्रस्तुत हुने ‘ग्ल्याम नेपाल इन्टरनेसनल’ फेसन शोको पावर बाई ‘ले ग्ल्यामर’ र डिभन वाई ‘दीपल’ छन् । शोमा पुरुष र महिलासहितका ३० मोडलले आकर्षक पहिरन र्याम्पमा प्रस्तुत गर्नेछन् ।
प्रारम्भ प्रोडक्सनको आयोजनामा हुन लागेको शोमा बिभिन्न ९ सिक्वेलमा स्वयम गुरुङ, सेन्स अफ क्लिक, अफ, सम्राट कउचर, राइनो लेदर्स, आग्य खनाल, हुबा, अन्नस् कलेक्सन, वेरा बाई जारा, राजन शाह लगायतका डिजाइनरका कलेक्सन हेर्न पाइने भएको छ ।
यो फेसन शो ‘ग्ल्याम नेपाल इन्टरनेसनल’को यो चौथो सिजन हो । नयाँ र आकर्षक पहिरनको बारेमा फेसन प्रेमीलाई जानकारी दिने र डिजाइनरलाई प्रोत्साहित गर्ने उद्देश्यले शो आयोजना गर्न लागिएको प्रारम्भ प्रोडक्सनले जनाएको छ ।
प्रतिक्रिया 4