Comments Add Comment

आक्रमण

List Grid
किन झमेलामा परिरहन्छन् ज्ञानेन्द्र शाही ? सुर्खेतमा के भएको हो ?

३० जेठ, काठमाडौं । ज्ञानेन्द्र शाही नाम चलेको दलका चर्चित नेता होइनन् । सामाजिक सञ्जालमा चर्को बोलेर लोकप्रियता कमाएका शाहीका हजारौं फ्यान छन् । तर, शाही बोलेर मात्र चर्चामा आउँदैनन्, उनीमाथि बेलाबेला सडकमै हुने ‘आक्रमण’ वा उनी संलग्न हुने झडपले पनि चर्चामा ल्याइरहन्छ । पछिल्लो पटक शाहीको समूहमाथि शुक्रबार राति गृहजिल्ला सुर्खेतमा आक्रमण भयो । […]

बिहेघरमा आक्रमण गरी लुटपाट : बेहुलीका बुवासहित चार घाइते

१५ फागुन, विराटनगर । विवाह घरमा आएको समूहको आक्रमणमा परी मोरङको केराबारीमा चारजना घाइते भएका छन् । केराबारी गाउँपालिका–७ नर्कटेमा विवाह घरमा आएको समूहको आक्रमणमा परी बेहुलीका बुवासहित चारजना घाइते भएका हुन् । आक्रमणमा संलग्न समूहले विवाह घरमा लुटपाट पनि गरेको छ । स्थानीय भागीमान लिम्बूको छोरीको विवाहमा आएको १०–१२ जनाको समूहले आक्रमण गरी पैसा […]

संसद भवनमा भएको आक्रमणप्रति दु:खित छु : अमेरिकी राजदूत बेरी

२८ पुस, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले गत हप्ता अमेरिकी संसद भवन क्यापिटल हिलमा भएको आक्रमणले आफूलाई दु:खित र स्तब्ध बनाएको बताएका छन् । राजदूत बेरीले एक विज्ञप्ति प्रकाशित गरी राजदूत बेरीले शान्तिपूर्ण सत्ता हस्तान्तरण प्रजातन्त्रको हलमार्क र शान्तिपूर्ण विमति भएको बताएका छन् । उनले भनेका छन्, ‘राजनीतिक विपक्षीहरुप्रति कानुनविहीनता, हिंसा, धम्की […]

काबुल विश्वविद्यालयमा आक्रमण, १० जनाको मृत्यु

१७ कात्तिक, काठमाडौं । बन्दुकधारीहरुले अफगानिस्तानले कावुल विश्वविद्यालयमा आक्रमण गर्दा १० जना विद्यार्थीको मृत्यु भएको छ । अलजजिराका अनुसार बन्दुकधारीहरुले विद्यार्थीहरुलाई नै लक्षित गरेर आक्रमण गरेका थिए । प्रत्यक्षदर्शीहरुले आक्रमणपछि त्यस क्षेत्रमा ठूलो विष्फोट भएको भएको बताएका छन् । सो आक्रमणका अन्य धेरै घाइते भएको बताइएको छ । सो विश्व विद्यालयमा पुस्तक मेला चलिरहेको थियो […]

नाइजरमा बन्दुकधारीको आक्रमणबाट ८ जनाको मृत्यु

२६ साउन, काठमाडौं । अफ्रिकी देश नाइजरमा बन्दुकधारीको आक्रमणबाट ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ६ जना फ्रान्सेली नागरिक छन् । अर्का एक जना उनीहरुका स्थानीय गाइड र एक जना गाडी चालक पनि आक्रमणमा मारिएका छन् । मोटरसाइकलमा आएका बन्दुधारीले एक्कासी फायर खोलेको र ८ जना मारिएको तिलाबेरी क्षेत्रका गभर्नरलाई उद्धृत गर्दै बीबीसीले […]

उत्तर र दक्षिण कोरियाको सीमामा गोली हानाहान

२१ वैशाख, काठमाडौं । उत्तर कोरिया र दक्षिण कोरियाको सीमामा दुई पक्षबीच गोली हानाहान भएको छ । आक्रमणबाट दक्षिण कोरियामा मानवीय क्षति भने नभएको बताइएकाे छ । दक्षिण कोरियाली सेनाले दिएको जानकारीअनुसार, उत्तर कोरियाले आइतबार चेओरवोनमा रहेको सीमाक्षेत्रको दक्षिण कोरियाली सुरक्षा चौकीमा गोली प्रहार गरेको हो । दक्षिण कोरियाले दोहोरो फयरिङ्गमा आफ्ना कुनै पनि सेनाको […]

तनहुँमा चितुवा आतंक- सम्साँझै गाउँ सुनसान

२ मंसिर, तनहुँ । तनहुँको भानु नगरपालिका वडा नम्बर २ का दशरथ कुमाल साँझ पर्नेवित्तिकै घरको ढोका लगाउँछन् । नजिकको डाँडामाथि घाम पुगेपछि एक प्रकारको त्रास र सन्नाटा फैलिन्छ उनको मनमा । उनको घरमा सात र दुई वर्षका नातिनीहरु छन् । उनीहरुलाई चितुवाबाट कसरी जोगाउने भन्ने चिन्ताले पिरोल्ने गरेको उनको दुःखेसो छ । ‘हिजोआज दिन […]

भरतपुर महानगरका वडाध्यक्ष भण्डारीमाथि आक्रमण

२७, चैत्र, चितवन । भरतपुर महानगरपालिका १० का वडाध्यक्ष अरुणपीडित भण्डारीमाथि नारायणगढको शहिदचोकमा आक्रमण भएको छ । उनी आफ्नो बा १० च २५९२ नम्बरको गाडीमा तेल भरेर चढ्न लागेका बेला पछाडिबाट आएको एक समुहले आक्रमण गरेको हो । भण्डारीलाई आक्रमणकारीले पछाडिबाट ढुंगाले हिर्काएर मोविलसमेत छर्किएका छन् । उनको टाउकोमा चोट लागेको छ । भण्डारीको अवस्था […]

माल्टाकी प्रख्यात ब्लगर बम आक्रमणमा मारिइन्

३१ असोज, माल्टा । आइसल्यान्डको सरकारमाथि भ्रष्टाचारको आरोप लगाउने माल्टाकी एक प्रख्यात ब्लगरको हत्या भएको छ । प्रहरीका अनुसार कार बम आक्रमणमा उनी मारिएका हुन् । मोस्टा नजिकैको बिदनीजास्थित घरबाट निस्केलगत्तै ५३ वर्षीया डाफ्ने कारुयाना गालिजियाले हाँकेको कार विष्फोट भएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार उनका छोराले बमको आवाज सुनेर अत्तालिँदै बाहिर आएका थिए । […]

सोमालियाको एक होटलमा आक्रमण, दुई सांसद सहित १० को मृत्यु

२० जेठ, काठमाडौं । सोमालियाको राजधानी मोगादिशुको एक  होटलमा बन्दुकधारीले आक्रमण गर्दा १० जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दुई सांसद पनि रहेका छन् । प्रत्यक्षदर्शीका अनुसार एम्बेस्डर होटलको बाहिर आक्रमणकारीले विस्फोट गराएका थिए । र, उनीहरु त्यसपछि होटल प्रवेस गरी गोली चलाएक थिए । बीबीसीका अनुसार होटलमा सांसद र अन्य सरकारी कर्मचारी बसेका […]