Comments Add Comment

ज्ञानेन्द्र शाह

List Grid
७५ औं वर्षमा पूर्वराजा ज्ञानेन्द्र, उत्सवको रुपमा नमनाउने

२३ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७५ औं जन्मदिन मनाउँदैछन् । तर यो वर्ष जन्मदिनलाई उत्सवको रुपमा नमनाउने उनले बताएका छन् । राजनीतिले निराशा पैदा गरेको तथा कोरोना महामारी र प्राकृति विपदका कारण जनताले दुःख पाइरहेको भन्दै उनले यस वर्ष जन्मदिनलाई उत्सवको रुपमा नमाउने घोषणा यसअघि नै गरेका थिए । उनले जारी […]

पूर्वराजा शाहले यस वर्षको जन्मदिनमा औपचारिक कार्यक्रम नगर्ने

१६ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष आफ्नो जन्मदिनमा कुनै पनि औपचारिक कार्यक्रम नगर्ने भएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले कोरोना भाइरस संक्रमण र बाढी पहिरोले आम नागरिक पीडामा परेका कारण जन्मदिनमा कुनै पनि औपचारिक कार्यक्रम नगर्ने जनाएका छन् । शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनतामा पैदा भएको निराशा तथा […]

पूर्वराजा ज्ञानेन्द्र शाह अस्पतालबाट डिस्चार्ज

२९ वैशाख, काठमाडौं । कोरोना संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार राति घर फर्किएका छन् । कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भई बुधबार राति ८ बजे डिस्चार्ज भएका नर्भिक अस्पतालले जनाएको छ । कोरोना संक्रमण भई १९ दिनअघि पूर्वराजा शाह, उनकी पत्नी पूर्वरानी कोमल र छोरी प्रेरणा नर्भिक अस्पतालमा भर्ना भएका थिए […]

स्वास्थ्यमा सुधार आएपछि पूर्वरानी कोमललाई आईसीयूबाट वार्डमा सारियो

२२ वैशाख, काठमाडौं । कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारिएको छ । स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई वार्डमा सारिएको अस्पतालको कम्युनिकेसन एण्ड पीआर डिपार्टमेन्टले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी पत्नी कोमल र छोरी प्रेरणा कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका थिए । पूर्वरानी कोमललाई […]

पूर्वरानी कोमल शाहको आईसीयूमा उपचार हुँदै, स्वास्थ्यमा सुधार

२१ वैशाख, काठमाडौं । कोरोना संक्रमण भई उपचाररत पूर्वरानी कोमल शाहको अवस्था सुधार भइरहेको उनी उपचाररत नर्भिक अस्पतालले जानकारी दिएको छ । ११ दिनअघि अस्पताल भर्ना भएकी उनलाई बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । ‘उहाँको हाल आईसीयूमै राखेर उपचार भइरहेको छ । उहाँको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको छ’ अस्पतालले […]

पूर्वराजा र पूर्वरानीलाई अक्सिजन सपोर्टमा उपचार

१४ वैशाख, काठमाडौं । कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजनको सपोर्टमा उपचार गरिएको छ । अस्पतालले मंगलबार दिउँसो जारी गरेको सूचनाअनुसार कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भनेर पूर्वराजा र पूर्वरानीलाई अक्सिजनको सपोर्टमा उपचार गरिएको हो । पूर्वराजारानीसँगै अस्पताल भर्ना भएकी पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई भनेअक्सिजनको सपोर्ट […]

पूर्वराजामा कोरोनाको लक्षण कम हुँदै गएको छ : नर्भिक अस्पताल

१२ वैशाख, काठमाडौं । कोरोना संक्रमित भई अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्थामा सुधार भइरहेको छ । पूर्वराजपरिवारका सदस्य उपचाररत नर्भिक अस्पतालका अनुसार उनीहरुमा कोरोनाका लक्षणहरु कम हुँदै गएको छ । कोरोना संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा बसेका पूर्वराजपरिवारका तीनै जना सदस्य शनिबार दिउँसो […]

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

७ वैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएपछि शाह दम्पतीले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । शाह दम्पतीको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय स्रोतले बताएको छ ।

विभेदको राजनीतिले मुलुक जटिलतामा फस्दै गयो : पूर्वराजा

६ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताएका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरूको शासन प्रणाली मात्रै नभएको भन्दै नेपाली जनताले वास्तविक प्रजातन्त्रको अनुभूति गर्न नपाएको बताएका हुन् । उनले प्रजातन्त्र प्राप्तिको […]

केटु हिमाल आरोहण टोलीलाई पूर्वराजाको बधाई

१६ माघ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले केटु हिमाल आरोहण टोलीका सदस्यहरुलाई बधाई दिएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै शाहले हालसम्म कोही पनि नपुगेको ठाउँमा आरोहण गर्दै कीर्तिमानी कायम गरेका निर्मल पूर्जा नेतृत्वको टोलीलाई बधाई ज्ञापन गरेका हुन् । ‘सर्वाधिक चिसो मौसममा पनि साहसका साथ गरेको त्यो आरोहणमा म हार्दिक बधाई एवं सम्मान […]

पूर्वराजा ज्ञानेन्द्रको प्रश्न : हामीले व्यहोरेको राजनीति कति इमान्दार छ ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डताको निम्ति एकताको गाँठो बलियो बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा आइतबार विज्ञप्ति जारी गर्दै शाहले जनचाहनाअनुसार अघि बढ्नु नै शाहवंशीय राजपरम्पराको विशेषता भएको बताएका छन् । आफ्नो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम साधन भएको भन्दै उनले भनेका छन्, ‘तर हामीले व्यहोरेको राजनीति कति इमान्दार […]

राजतन्त्रको बहसमा ज्ञानेन्द्र र पारसको अनुहार !

१६ मंसिर, काठमाडौं । २४० वर्ष लामो राजतन्त्र नेपालबाट उखेलिएको डेढ दशक नबित्दै फेरि एउटा तप्काले राजाको खोजी गर्न थालेका छन् । राष्ट्रिय झण्डा बोकेर ‘राजा आऊ देश बचाऊ’ भन्दै नारा–जुलुस गर्ने सिलसिला देशव्यापी बनिरहेको छ । अहिले भइरहेका प्रदर्शनमा कुनै बलियो आयोजक छैन । कुनै राष्ट्रिय पार्टीले आह्वान गरेर मानिसहरु सडकमा निस्केका होइनन् । […]

जनता अभिभावकविहीन बनेको पीडाबोध हुँदैछ : पूर्वराजा शाह

६ कात्तिक, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विपत्तिमा जनताको जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसकेको बताएका छन् । दसैंको अवसरमा शुभकामना सन्देश दिँदै उनले जिम्मेवार पक्षबाट जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत नहुँदा जनताको दैनिकी कष्टकर बन्दै गएको बताएका छन् । संकटको घडीमा अभिभावकको क्षमता र हैसियत प्रष्ट हुन्छ […]

पूर्वराजा ज्ञानेन्द्रले दसैंमा टीका नलगाइदिने

१ कात्तिक, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसपालिको दसैंमा आफ्ना शुभचिन्तकहरुलाई विजयादशमीको टीका नलगाउने भएका छन् । कोरोना महामारीको असहजताका कारण पूर्वराजाले टीका नलगाउने भएका हुन् । साथै, यसवर्ष शक्तिपीठहरूको दर्शन पनि स्थगन गरिएको पूर्वराजाको निजी सचिवालयले जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्रको प्रश्न : युवाहरू किन सडकमा उत्रिरहनुपर्छ ?

१० असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको महामारी कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न आग्रह गरेका छन् । शाहले बुधबार सन्देश जारी गर्दै कोरोनाबाट मृत्यु भएकाहरूप्रति श्रद्धा व्यक्त गरेका छन् भने संक्रमितको स्वास्थ्य लाभको कामना गरेका छन् । अहिले चुनौतीसँग अवसर पनि आएको भन्दै उनले विभिन्न कारणले स्वदेश फर्किएकाहरूलाई देशभित्र इलम, उद्यम र कामधन्दाको […]

पूर्वराजा ज्ञानेन्द्र शाहले पाए सवारी पास

२ जेठ, काठमाडौं । लकडाउनका कारण पूर्वको झापामा रोकिएका पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंतर्फ आएका छन् । गृह मन्त्रालयको सहमति लिई झापाको जिल्ला प्रशासन कार्यालयले सवारी पास दिएपछि शुक्रबार उनी झापाबाट काठमाडौंतर्फ आएका छन् । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गृह मन्त्रालयको सहमति लिई बिहीबार साँझ नै पूर्वराजालाई सवारी पास दिएको अनलाइनखबरलाई बताए । पूर्वराजाका […]

पूर्वराजाको सन्देश – सपना बाँडेर समय खेर नफालौं

७ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भविश्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाल्न र सर्वहितकारी प्रजातान्त्रिक धर्म निर्वाह गर्न राजनीतिक नेतृत्वसँग आग्रह गरेका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा जारी शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र कर्म उत्रन र व्यवहारमा देखिन सक्नुपर्ने, तर त्यस्तो हुन नसकेको बताएका छन् । ‘प्रजातन्त्र शब्दमा होइन, […]

पूर्वराजाको सन्देश – कर्ममा उत्रन सक्नुपर्‍यो, सपना बाँडेर समय खेर नफालौं

७ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भविश्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाल्न र सर्वहितकारी प्रजातान्त्रिक धर्म निर्वाह गर्न राजनीतिक नेतृत्वसँग आग्रह गरेका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा जारी शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र कर्म उत्रन र व्यवहारमा देखिन सक्नुपर्ने, तर त्यस्तो हुन नसकेको बताएका छन् । ‘प्रजातन्त्र शब्दमा होइन, […]

पूर्वराजा ज्ञानेन्द्र सिलगुडीतर्फ लागे

१२ माघ, झापा । पूर्वराजा ज्ञानेन्द्र शाह भारतको सिलगुडीतर्फ लागेका छन् । पछिल्लो समय झापामा रहेका पूर्वराजा शाह आइतबार दमकबाट सिलगुडी प्रस्थान गरेका हुन् । परिवारसहित गएका पूर्वराजाको भ्रमण चार दिने भएको बताइएको छ ।

पूर्वराजाले मेराे नामै लिएर प्रशंसा गर्दा दंग परेँ : केकी अधिकारी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलको एक नाइट क्लब एलओडीमा नाच्दै रमाइलो गरेको भिडिओ र फोटो अहिले भाइरल भइरहेको छ । उनी बुहारी हिमानीसहित नाइट क्लबमा पुगेका थिए । त्यहीँ थिइन् नायिका केकी अधिकारी, रिमा विश्वकर्मालगायत । उनीहरुले पनि पूर्वराजपरिवारसँग केही क्षण कुराकानी गरे र फोटो खिचाए । पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रत्यक्ष साक्षात्कार हुँदाको अनुभव […]

नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्रको डान्स (भिडियोसहित)

२ मंसिर, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलस्थित नाइट क्लबमा पुगेका छन् । परिवारका सदस्यसहित एलओडी नामक नाइट क्लबमा पुगेका उनी त्यहाँ सहभागीहरुको हात समाउँदै नाचेका छन् । नाच्दानाच्दै उनले कोट फुकाल्छन् । सहभागीहरुलाई अंगालो हाल्छन्, सेल्फी खिच्छन् र रमाइलो गर्न हौस्याउँछन् । पूर्वराजा ज्ञानेन्द्र, बुहारी हिमानी, छोरी प्रेरणा नाइट क्लबमा देखिन्छन् । हिमानी शाहले […]