Comments Add Comment

नेपाल-भारत

List Grid
साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारत भिड्दै

२६ असोज, काठमाडौं । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिको फाइनल खेल आज हुने भएको छ । फाइनल खेलमा नेपाल र भारत भिड्दैछन् । माल्दिभ्सको मालेस्थि राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार राति ८ः४५ बजे बजे हुनेछ । नेपालले साफमा खेलेको चार खेलमध्ये २ खेलमा जित हालि गरेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो । […]

सकियो नेपाल–भारतबीच संयुक्त सैनिक अभ्यास

१७ असोज, काठमाडौं । भारतको पिथौरागढमा सञ्चालित ‘एक्स सूर्य किरण’ पन्ध्रौँ समूहको नेपाल–भारत गणस्तरीय संयुक्त सैनिक अभ्यास सम्पन्‍न भएको छ । नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा ३०० र भारतीय सेनाका ४०० जना फौजको सहभागिता रहेको उक्त अभ्यास यही असोज ४ देखि १६ गतेसम्म भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सैनिक युद्धकला, प्राकृतिक […]

नेपाल-भारत सुरक्षा अधिकारीको संयुक्त बैठक : मदिरा र लागूऔषध नियन्त्रणमा जोड

२८ भदौ, जनकपुरधाम । नेपाल तथा भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक जनकपुरधाममा सम्पन्न भएको छ । नेपालको तर्फबाट प्रदेश-२ का चार जिल्ला र भारतको तर्फबाट बिहारका केहि जिल्लाका सुरक्षा अधिकारीको सहभागितामा बसेको बैठकले दुई देशको सुरक्षा सम्बन्धमा छलफल भएको छ । बिहारमा आगामी सेप्टेम्बर २९ तारेखदेखि हुन लागेको ग्राम पञ्चायतको निर्वाचनलाई लक्षित गरी संयुक्त बैठक […]

महामारीपछि न‍ेपाल-भारत नागरिक सम्बन्धमा दूरी

२२ भदौ, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–३ विजबनियाका ४८ वर्षीया अम्बेया खातुनको माइती भारतको बिहार, नरकटियागञ्ज नौतनवा ग्राम पञ्चायत–४ थाथवा टोल हो । २०७६ सालमा कोरोना महामारी शुरु भएलगत्तै उनकी काकीको मृत्यु भयो । काकीको मुख अन्तिम पटक हेर्छु भनेपछि मोटरसाइकलमा राखेर दशौता सीमासम्म पुर्‍याएर फर्काएको उनका श्रीमान् सहरुम राउत गद्दी बताउँछन् । कोरोना नियन्त्रणका […]

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

२० भदौ, काठमाडौं । नेपाली फुटबल टिम र भारतीय फुटबल टीमबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ । साफ च्याम्पियनसिपको तयारीमा रहेको भारत दुई मैत्रपूर्ण खेलको लागि नेपाल आएको हो । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १-१ गोल गरेका थिए । अब दोस्रो खेलमा दुवै टिम प्रदर्शन सुधार गर्दै जित हात पार्ने लक्ष्यका साथ […]

नेपाल-भारत मैत्रीपूर्ण फुटबल : आयुष घलान पहिलो रोजाइमा खेल्दै

१७ भदौ, काठमाडौं । नेपाल-भारतबीचको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टिमको प्लेइङ सेट सार्वजनिक भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केहीबेरमा हुने खेलमा युवा मिडफिल्डर आयुष घलान पहिलो रोजाइमा परेका छन् । कुवेतमा विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्ध डेब्यु गरेका आयुष पहिलो पटक पहिलो रोजाइमा खेल्न लागेका हुन् । यस्तै गोलकिपरमा कप्तान किरण चेम्जोङ छन् भने डिफेन्समा […]

नेपाल-भारत संयुक्त सैन्य अभ्यास असोज ४ गतेदेखि

१७ भदौ, काठमाडौं । कोरोना भाइरस महामारीका कारण रोकिएको नेपाल–भारत संयुक्त सैन्य अभ्यास ४ असोजदेखि शुरु हुने भएको छ । भारतको पिथौरागढमा १५ औं संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ हुन लागेको हो । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौड्यालका अनुसार अभ्यासमा भारतीय सेनाका ३५० र नेपाली सेनाका ३०० जना सैनिक सहभागी हुनेछन् । मिति तय हुनुअघि नेपाली सेनाको […]

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलमा दर्शकलाई प्रवेश दिइने

१६ भदौ, काठमाडौं । नेपाल र भारतबीच हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दर्शकले प्रवेश पाउने भएका छन् । खेलको अघिल्लो दिन बुधबार पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले दर्शकलाई प्रवेशका लागि प्रशासन र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)बाट अनुमति प्राप्त भइसकेको बताए । उनले बुधबार मात्रै दर्शक प्रवेशका लागि अनुमति पत्र […]

नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं

१६ भदौ, काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतसँग हुने दुवै खेल जित्नैपर्ने बताएका छन् । साफ च्याम्पियन्स लिगको तयारीमा रहेका नेपाल र भारतबीच भदौ १७ र २० गते मैत्रीपूर्ण खेल हुनेछ । त्यसको अघिल्लो दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अल्मुताइरीले दुवै खेल हार्नुको अर्थ हामीले साफ हार्छौं भन्ने […]

बाढी प्रभावितका लागि भारतले दियो ८ करोड बराबरको राहत सामाग्री

११ भदौ, काठमाडौं। भारतले  १५ जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुका लागि ८ करोड बराबरको राहत सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार भारत सरकारको तर्फबाट मिशन उप-प्रमुख श्रीमती नामग्या खम्पाले नेपाली ८ करोड बराबरको राहत सामाग्री नेपाल-भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई हस्तान्तरण गरेकी हुन् […]

नेपालसँग हुने मैत्रीपूर्ण फुटबलका लागि भारतीय टिम घोषणा

११ भदौ, काठमाडौं । नेपालसँग हुने दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टिम घोषणा भएको छ । मुख्य प्रशिक्षक इगोर स्टिमाकले शुक्रबार २५ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपाल र भारतबीच यही भदौ १७ र २० गते दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल हुँदैछन् । नेपाली टोली हाल पोखरामा बन्द प्रशिक्षणमा छ । नेपाल आउने […]

नेपाल संकटबारे दिल्लीमा दुईथरी मतः ओलीलाई समर्थन नगर्न पूर्व कूटनीतिज्ञहरूको दबाब

१४ जेठ, काठमाडौं‌ । केही वर्ष अगाडिसम्म नेपालमा कुनै राजनीतिक घटना हुनासाथ भारतीय विदेश मन्त्रालयले तत्कालै औपचारिक प्रतिक्रिया जनाइहाल्थ्यो । अर्थात्, नेपालको घटनाक्रममा बोल्न उसलाई मिडियाको प्रश्न र जिज्ञासा आवश्यक पर्दैन’थ्यो । नेपालमा ठूलो राजनीतिक घटना हुनासाथ विज्ञप्ति आइहाल्थ्यो । तर, विशेषगरी २०७४ सालको स्थानीय निर्वाचनपछि भारतले आफ्नो त्यो नीतिमा परिवर्तन गरेको छ । अहिले […]

पूर्व भारतीय राजदूत रे भन्छन् : ओलीको कदमले अशान्ति र द्वन्द्वतर्फ लैजान्छ

९ जेठ, काठमाडौं । नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा प्रतिनिधिसभा भंग गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयले नेपाललाई झन् अशान्ति र सम्भावित द्वन्द्वमा लैजाने बताएका छन् । भारतीय पत्रिका दि हिन्दुस्तान टाइम्समा एक लेख लेख्दै राजदूत रेले ओलीको कदम संवैधानिक शासनको अपमान भएको समेत उल्लेख गरेका छन् । कोराेना […]

नेपालको संसद भंगप्रति भारतको धारणा के हो ?

९ जेठ, काठमाडौं । नेपालको राजनीतिक घटनाक्रममा हमेशा तत्काल प्रतिक्रिया जनाइहाल्ने भारतीय सञ्चारमाध्यम यस पटक तुलनात्मक रुपमा मौन छ । उनीहरुले प्रधानमन्त्री केपी ओलीको संसद भंग गरी निर्वाचनमा जाने कदमप्रति खासै प्रतिक्रिया जनाएका छैनन् । अधिकांश सञ्चारमाध्यमले भंगको सामान्य समाचार दिएका छन्, कुनै पोजिसन लिएका छैनन् । हिन्दुस्तान टाइम्स दैनिकले नेपालमा संसद भंगका सम्बन्धमा दुई […]

भूराजनीतिक संकेत : के भारतलाई नेपालमा तत्काल चुनाव चाहिएको छ ?

३ जेठ, काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि पार्टी भित्र र बाहिरबाट ‘सरकार बनाउने पहल थाल्न’ दबाब बढ्यो । तर, देउवाले आफू निकटसँग एउटा कुरा पटक-पटक दोहोर्‍याए- ‘सरकार बनाउन संख्या पुग्दैन, त्यसैले त्यता नलागौं ।’ उनले पटक-पटक यो पनि दोहोर्‍याएका थिए, ‘उता (भारत) बाट पनि कुनै आकाशवाणी आएको छैन । […]

नेपालले किनेको कोरोना खोप उपलब्ध गराइदिन भारतसँग आग्रह

२७ चैत, काठमाडौं । नेपालले भारतीय कम्पनी सेरम इन्ष्टिच्यूटसँग खरिद गरेको १० लाख डोज खोप छिटो उपलब्ध गराउने व्यवस्था मिलाइदिन भारत सरकारसँग आग्रह गरेको छ । शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग टेलिफोन वार्ता गरेका थिए । त्यस क्रममा उनले नेपालले किनेको १० लाख डोज खोप छिटो उपलब्ध गराइदिन आगह गरेको परराष्ट मन्त्रालय […]

भारतबाट कोभिड–१९ विरुद्धको खोप ल्याउन कूटनीतिक पहल

१० पुस, काठमाडौं । सरकारले भारत निर्माण भइरहेको कोभिड–१९ विरुद्धको खोप सकेसम्म छिटो ल्याउन कूटनीतिक पहल अगाडि बढाएको छ । भारतमा अहिले अन्तिम चरणमा रहेका खोपले त्यहाँ आपतकालीन प्रयोगका लागि अनुमति पाउनासाथ नेपालमा पनि ल्याउने सरकारी योजना छ । यसका लागि नयाँ दिल्लीस्थित नेपाली दूतावासले पहल गरिरहेको राजदूत नीलाम्बर आचार्यले अनलाइखबरलाई बताए । अन्य मुलुकहरुबाट […]

‘आइसब्रेक’ को पर्खाइमा नेपाल–भारत वार्ता

२३ असोज, काठमाडौं । झण्डै एक वर्षयता नेपाल–भारत सम्बन्ध ‘डेडलक’को अवस्थामा छ । गत वर्षको नोभेम्बरको पहिलो साता भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेपछि चिसिएको द्विपक्षीय सम्बन्धमा अझै न्यानोपन आएको छैन । भारतले विवादित भूमिमा एकतर्फी निर्णय गरेपछि त्यसको प्रत्युत्तरमा नेपालले नयाँ नक्सा जारी गरेर संविधान संशोधनमार्फत संविधानको अंग […]

बारामा नेपाल–भारतका सुरक्षा अधिकारीबीच छलफल

१९ असोज, वीरगञ्ज । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, अवैध हात हतियार तथा बन्दोबस्तीको ओसारपसार नियन्त्रण तथा भारतको बिहारमा हुन लागेको विधान सभा निर्वाचन लगायतका विषयमा नेपाल र भारतका सीमा सुरक्षा अधिकारीहरुबीच छलफल भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराई र भारतको बिहार प्रदेश पूर्वी चम्पारणका डिष्ट्रिक्ट मजिस्ट्रेट (डीएम) सीशर्त कपिल अशोकको अगुवाइमा बाराको […]

सीमा सम्बन्धी समितिले बुझायो परराष्ट्रमन्त्रीलाई प्रतिवेदन

१९ असोज, काठमाडौं । भारतसँग वार्ता गर्नु अगाडि कालापानी, लिपुलेक र लिम्पियाधुराको सम्बन्धमा नेपालसँग भएका ऐतिहासिक दस्तावेज र प्रमाणहरु संकलन गर्ने र त्यसलाई लिपिवद्ध गर्ने उदेश्यले सरकारले गठन गरेको कार्यदलले परराष्ट्रमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । आइताबार बेलुका प्रतिवेदन बुझाएको स्रोतले बतायो । प्रतिवेदन प्रधानमन्त्री केपी ओलीलाई बुझाउने भनिए पनि अन्तिम समयमा आएर परराष्ट्रमन्त्रीलाई बुझाइएको हो […]

भारतसँग परियोजना अनुगमन समितिको बैठक प्रस्ताव

२९ साउन, काठमाडौं । कालापानी–लिम्पियाधुरा सीमा विवादका कारण नेपाल–भारत सम्बन्ध संवादहीनताको अवस्थामा छ । नेपालले वार्ताको प्रस्ताव राख्दा भारत सरकारले समय दिइरहेको छैन । यो अवस्थामा नेपाल सरकारले बेग्लै विषयमा छलफलको प्रस्ताव गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुसार, भारतीय सहयोगमा सञ्चालित विकास परियोजनाको प्रगति समीक्षा र अनुगमनसम्बन्धी वार्ताको प्रस्ताव गरिएको छ । […]