Comments Add Comment

मन्त्री

List Grid
मन्त्रीज्यू

आज गाउँमा चहलपहल छ। मन्त्रीज्यूको सवारी जो छ । बिहानैदेखि सुरक्षा गार्डहरू खटिएका छन्। सफासुग्घर सिंगारपेटार गर्नेले गाउँलाई नवविवाहित दुलही जसरी सिंगारेका छन्। हेलिकप्टर ओर्लने ठाउँको टाढा टाढासम्मको परिधिमा डोरीले घेरो लगाइएको छ । सबै जनता डोरीको बाहिर थुप्रै आश र उत्सुकता बोकेर हेलिकप्टर कहिले आउला भन्दै आकाशतिर हेर्दै प्रतीक्षामा छन्। ‘हामीलाई त मन्त्रीज्यूलाई हेर्न […]

नवनियुक्त मन्त्रीहरुले कार्यभार सम्हाल्दै

३० असार, काठमाडौं । नवनियुक्त मन्त्रीहरुले आज पदभार ग्रहण गर्दैछन् । मंगलबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका मन्त्रीहरुले बुधबार मन्त्रालय पुगेर कार्यभार सम्हाल्न लागेका हुन् । गृहमन्त्री बालकृष्ण खाँणले बुधबार बिहान साढे १० बजे पदभार ग्रहण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । यसैगरी अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले बुधबार […]

मन्त्रीले लुकाउँछन् सम्पत्ति विवरण

१४ असार, काठमाडौं । पाँच सदस्यीय मन्त्रिपरिषद्मा रहेका प्रधानमन्त्रीबाहेक चारै जना मन्त्रीहरुले अहिलेसम्म आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति विवरण सार्वजनिक गर्ने विषयलाई स्वेच्छाचारी ढंगले छोडिदिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटका अनुसार प्रधानमन्त्री ओलीले पनि पहिलोपटक २०७४ चैत ९ गते सार्वजनिक गरेको सम्पत्ति विवरण अद्यावधि गरेर सार्वजनिक […]

नवनियुक्त आठ मन्त्रीको ‘कुण्डली’

२७ जेठ, काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन गरेको विषयलाई लिएर सर्वोच्च अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । छलफलका लागि असार ८ गते रिट निवेदक र सरकार दुवै पक्षलाई बोलाउने आदेश सर्वोच्चले दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भने बिहीबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार […]

सुदूरपश्चिममा मन्त्री बन्न हानथाप

२९ पौष, कैलाली । सुदूरपश्चिम प्रदेशमा रिक्त दुई मन्त्री पदमा नियुक्तिका लागि आकांक्षीको हानथाप छ । कतिपयले मन्त्री नपाए ओली समूहमा जान्छु भन्दै धम्क्याउन थालेपछि मुख्यमन्त्री त्रिलोचन भट्ट अप्ठ्यारोमा परेका छन् । सुदूरपश्चिम प्रदेशमा हाल भौतिक पूर्वाधार विकास र आर्थिक मामिला तथा योजना मन्त्रालयमा मन्त्री पद रिक्त छ । मुख्यमन्त्री भट्टले १४ पुसमा भौतिक पूर्वाधार […]

अध्यादेशबारे मन्त्रीहरु नै बेखबर !

३० मंसिर, काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे मंगलबार मन्त्रिपरिषद्मा छलफल नै नभएको पाइएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । अब परिषद्का बहुमत सदस्यको उपस्थितिमा नै बैठक बस्न सक्छ । तर मन्त्रीहरुले भने अध्यादेशबारे बेखबर रहेको बताए । मंगलबार बसेको बैठकमा यसबारे […]

प्रधानमन्त्री र मन्त्रीहरुको दसैं भत्ता कोरोना कोषमा

३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो दसैँ भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् । मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले यो जानकारी दिएका हुन् । उनले प्रदेश र स्थानीय तहका पदाधिकारीलाई पनि दसैं भत्ता कोरोना कोषमा जम्मा गर्न आग्रह गरे […]

संविधानले वामदेवलाई मन्त्री बन्न दिन्छ ?

सत्तारूढ नेकपाको आन्तरिक राजनीति फेरि नयाँ मोडमा पुगेको छ । यसले सिङ्गो नेपाली राजनीति नै तरंगित बनाएको छ । प्रधानमन्त्री ओलीका विश्वासपात्र अर्थमन्त्री युवराज खतिवडाको बर्हिगमन निश्चित भएको छ भने पार्टी उपाध्यक्ष वामदेव गौतमको संघीय संसदमा प्रवेश हुने पक्कापक्की भएको छ । प्रधानमन्त्री ओली एक कदमपछाडि हटेका छन्, पार्टी उपाध्यक्ष गौतमको मनोकांक्षाको सारथी बन्न सहमत […]

मन्त्रीज्यूको सिनेमा हल जोगाउन ३८ परिवारको उठिबास !

३२ साउन, काठमाडौं । सडक विस्तारका क्रममा बालाजु, बाइपासका श्याम मानन्धरको घर भत्किएको सात वर्ष भयो । अहिले बाइपास चोकको ट्याक्सी पार्किङ बनेको स्थानमा रहेको आफ्नो घर भत्किएको उनी बताउँछन् । सडक विस्तारले मानन्धरसहित ३८ परिवारलाई घरबारविहीन बनाएको छ । ‘हामी विकासविरोधी होइनौं । तर, विभेदपूर्ण सडक विस्तारको मात्रै विरोधमा छौं’ मानन्धर भन्छन्, ‘पहुँचवालाको घर […]

‘मन्त्रीज्यू, काठमाडौंका सडकमा हिँड्न सकिएन’

९ साउन, काठमाडौं । वर्षायाम लागेसँगै देशभर बाढी पहिरोको प्रकोप बढेको छ । बाटाहरु थुनिएका छन् । राजमार्गहरु अवरुद्ध छन् । ग्रामीण भेगका सडकमा पैदल हिँड्नसमेत सकिँदैन । ग्रामीण भेगको कुरा छाडौं, यतिबेला मुलुकको संघीय राजधानी काठमाडौंकै सडकको अवस्था पनि दयनीय बनेको छ । काठमाडौंमा यस्तो रोग वर्षेनी देखा पर्ने गर्छ । करिब तीन महिना […]

लकडाउनको विवादको कारण बेलायती मन्त्रीले दिए राजीनामा

१३ जेठ, काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका वरिष्ठ परामर्शदाता डोमिनिक कुमिङ्सले लकडाउन उल्लंघन गरेको विषयलाई लिएर एक बेलायती मन्त्रीले आफ्नो पदबाट राजीनामा दिएका छन् । बेलायतका एक कनिष्ठ मन्त्री डोउग्लास रोजले आफ्नो पदबाट राजीनामा दिएका हुन् । क्युमिङ्सले मुलुकमा लकडाउन जारी रहेको अवस्थामा लण्डनको आफ्नो घरबाट गत मार्चमा २५० माइल यात्रा गरेका थिए । यस […]

मन्त्री फुँयालले लिए शपथ

५ फागुन, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले पद तथा गोपनीयताको शपथ लिएका छन् । फुँयाललाई प्रदेश प्रमुख बिष्णु प्रसाईंलेले शपथ खुवाएका हुन् । फुँयालले सपथ आजै लिए पनि पदभारग्रहण मंगलबार गर्ने तय भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले फुँयाललाई सोमबार मन्त्री नियुक्त गरेका थिए । यसअघिका मन्त्री केशव स्थापित बर्खास्त […]

बागमती प्रदेशको भौतिक पूर्वाधारमन्त्रीमा फुँयाल नियुक्त, शपथ आजै हुने

५ फागुन, हेटौंडा । बागमती प्रदेशकोे भौतिक पूर्वाधार विकासमन्त्रीमा रामेश्वर फुँयाल नियुक्त भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएपछि फुँयालको शपथ आजै (सोमबार) साँझका लागि तय गरिएको छ । यसअघि नै मन्त्री बन्ने चर्चामा रहेका फुयाँलको माघ २९ गते शपथ हुने भनिए पनि आन्तरिक समस्याका कारण रोकिएको थियो । सामाजिक विकासमन्त्री युवराज दुलालले […]

मन्त्री फेरबदलमा प्रधानमन्त्रीले जे भन्नुभयो, त्यही हुन्छः प्रचण्ड

२४ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४ दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भ्रमणका क्रममा पुराना सम्झौता कार्यान्वयको विषयमा छलफल भएको बताए । दुई तिहाइ बहुमत प्राप्त सरकारको पक्षमा भूमिका खेल्न आफू भारत भ्रमणमा गएको बताउँदै प्रचण्डले […]

प्रदेश २ः राजपाले छान्यो दुई मन्त्री

१६ फागुन, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी, नेपालले प्रदेश २ मा दुई मन्त्री पठाउने भएको छ । सोमबार बसेको अध्यक्ष मण्डलको बैठकले नवलकिशोर साह र रामनरेश रायलाई मन्त्री बनाउने निर्णय गरेको हो । वरिष्ठ उपाध्यक्ष साह सामाजिक विकास र वरिष्ठ नेता राय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्नेछन् । राजपाले राज्यमन्त्रीहरु भने पठाएको छैन […]

मन्त्री छनोटमा ओलीको शुरुआत: आलोचनामुक्त मन्त्रिपरिषद

१५ फागुन, काठमाडौं । डा.युवराज खतिवडा अर्थमन्त्री बन्दा एमाले कार्यकर्ताको एउटा पंक्तिबाहेक आमरुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक प्रतिक्रिया पाए । ‘कोल्याप्स’ हुन लागेको अर्थतन्त्रलाई उकास्न सही ठाउँमा सही व्यक्तिको चयन भएको टिप्पणीले ओलीको रोजाई जनस्तरबाट अनुमोदन भएको छ । अर्थमन्त्री बन्न एमालेका प्रभावशाली नेताहरुबीच प्रतिस्पर्धा थियो । महासचिव ईश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल, सचिव […]

प्रदेश ६ माओवादी-एमालेले मन्त्री छान्न सकेनन्

४ फागुन, काठमाडौं । प्रदेश ६ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शपथ लिएपनि मन्त्रिमण्डल विस्ता हुन सकेको छैन । शुक्रबार नै मन्त्रिमण्डल विस्तार गर्ने योजना भएपनि एमाले-माओवादीले मन्त्रीको टुंगो लगाउन नसक्दा मन्त्रिमण्डल विस्ता हुन नसकेको हो । शपथसँगै मन्त्रिमण्डल पनि विस्तार गर्ने भन्दै मुख्यमन्त्री शाहीको प्रस्तावमा शपथको कार्यक्रम शुक्रबार राखिएको थियो । तर, शुक्रबार पनि सरकारमा […]

राजपाको मन्त्री छनोटमा भागशान्ति जय मधेस !

१ फागुन, काठमाडाैं ।  प्रदेशसभामा राजपाका २५ सांसद छन् । उनीहरु मध्ये १५ प्रत्यक्ष निर्वाचित हुन् भने १० समानुपातिकबाट आएका छन् । स्रोतका अनुसार अध्यक्ष मण्डलको बैठकमा समानुपातिकलाई मन्त्री नबनाउने प्रस्ताव आएपछि विवाद भएको छ । महेन्द्रराय यादवले मन्त्रीमा पहिलो चरणमा प्रत्यक्ष चुनाव जितेकालाई प्राथमिकता दिनुपर्ने मत राखेका थिए । तर, अध्यक्ष मण्डलका केही नेताले […]

दिलनाथ गिरीलाई मन्त्रीबाट हटाउन कमल थापाले बुझाए पत्र

१४ पुस, काठमाडौं । राप्रपाले सहरी विकासमन्त्री दिलनाथ गिरीलाई बर्खास्त गर्न सिफारिस गरेको छ । राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापा आफैंले प्रधानमन्त्री कार्यालयमा पत्र बुझाएका छन् । सम्वन्धित दलले सिफारिस गरेपछि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न सक्नेछन् । बिहीबार मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री थापा र मन्त्री गिरीबीच चर्काचर्की भएको थियो । थापाले बेठकमा गिरीको राजीनामा मागेका […]

प्रधानमन्त्री देउवाले चिनेनन् माओवादी मन्त्री !

३१ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार माओवादी मन्त्रीहरुलाई छानीछानी जिम्मेवारीबाट हटाएर विनाविभागीय बनाए । तर, त्यसरी विनाविभागीय बनाउने बेलामा प्रधानमन्त्री देउवाले जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरी पनि माओवादी हुन् भन्ने पत्तै पाएनन् । मंगलबार अकस्मात विनाविभागीय बनाइएका माओवादी मन्त्रीहरुमा उपप्रधानमन्त्री कृष्णबहादुर महरासहित स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, गृहमन्त्री जनार्दन शर्मा, शहरी विकासमन्त्री प्रभु साह, […]

माओवादी मन्त्रीहरुको जिम्मेवारी खोसियो

३१ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट मन्त्री भएकाहरुको जिम्मेवारी खोसेका छन् । अब माओवादीका मन्त्रीहरु विना विभागीय भएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार विहानै माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर मन्त्रीहरुलाई विना विभागीय बनाउने चेतावनी दिएका थिए । लगतै माओवादीका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका थिए । तर, सरकारले चुनाव सार्न खोजेको भन्दै माओवादी […]