- Home
- राजतन्त्र
राजतन्त्र
१७ पुस, काठमाडौं । अन्तिम राणा प्रधानमन्त्री श्री ३ मोहन शमशेर जबराका नाति, विजयशमशेर जबराका छोरा पशुपति शमशेर राणा उमेरले ७९ वर्ष पुगे । तर, अरु नेपाली राजनीतिज्ञहरुका लागि जस्तै उनका लागि पनि उमेर भनेको फगत एक अंक हो । ‘स्वास्थ्यले साथ दिएकै छ, सुद्दी हराएको छैन, उमेरसँग डराएर किन निस्क्रिय बन्ने ?’ उनी आत्मविश्वासपूर्वक […]
३ पुस, काठमाडौं । राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार ललितपुरमा प्रदर्शन गरेको छ । कुपन्डोलबाट शुरु भएको मोटरसाइकल र्याली पुल्चोक, जाउलाखेल, कुमारीपाटी, मंगलबजार हुँदै लगनखेल पुगेर सभामा परिणत भएको थियो । राप्रपा ललितपुरको आयोजनामा भएको प्रदर्शनका सहभागीले ‘जनता आऊ, राजा ल्याऊँ, देश बचाऔं, सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम […]
२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ को नारा लागेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीसँग मिलेको त होइन भन्ने आशंका गरे । सरकारविरुद्ध हेटौंडामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले राजावादीहरुको आन्दोलनका लागि ओली सरकार नै जिम्मेवार रहेको बताए । […]
२९ मंसिर, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले हिन्दु राष्ट्रका विषयमा जनमत संग्रहण गुर्नपर्ने बताउका छन् । विराटनगरमा सोमबार पत्रकारसँग कुरा गर्दै कोइरालाले भने, ‘हिन्दु राष्ट्र स्थापनाका लागि जनमत संग्रह गराउनुपर्छ । कांग्रेसको नेतृत्वमा सरकार बने जनमत संग्रह हुन्छ ।’ राजावादीहरु सडक आन्दोलनमा उत्रिए पनि राजा भने र्फकने सम्भावना नरहेको उनले बताए । महामन्त्री […]
पछिल्लो साता विभिन्न शहरमा निस्किएका राजावादीको जुलुसले नेपालमा राजतन्त्र पुन:स्थापनाको सम्भावना छ कि छैन भन्ने प्रश्न जबरजस्ती जन्माउन खोजेको छ । काठमाडौं, चितवन, झापा, नेपालगञ्जलगायत देशका केही प्रमुख शहरमा राजावादीहरुले योजनावद्ध जुलुस निकालेपछि ‘राजतन्त्र फर्कने सम्भावना छ कि छैन ?’ भन्ने झिनो बहसको सुरुवात भएको छ । गणतन्त्रवादीहरुको दाबी छ– अब नेपालमा कुनै पनि हालतमा […]
२५ मंसिर, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्रप्रतिको निराशा सडकमा देखिन थालेको टिप्पणी गरेका छन् । बिहीबार हेटौंडामा पार्टीको चुनाव चिह्न हलोको झण्डोत्तलन गर्दै उनले गणतन्त्रप्रति निराशा छाएकाले सडकबाट राजतन्त्रको माग भएको बताएका हुन् । ‘सडकबाटै राजा आउ देश बचाऊ भन्ने जमात बढेको छ । यो राप्रपाले उठाएको एजेण्डा हो । यसमा […]
२४ मंसिर, काठमाडौं । नवगठित साझा विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले हाल राजतन्त्रको पक्षमा भइरहेका आन्दोलनलाई ‘प्रतिगमन सल्बलाएको’ भनेर पन्छाउन नमिल्ने बताएका छन् । गणतन्त्रवादीहरुको भ्रष्ट चरित्र र नालायकीपनले गर्दा जनताको असन्तुष्टि सडकमा पोखिएको उनको भनाइ छ । साझा पार्टी र विवेकशील नेपाली दलबीच एकताको घोषणा कार्यक्रममा मिश्रले संवैधानिक अधिकारको प्रयोग गरेर भएका शान्तिपूर्ण आन्दोलनलाई सम्मान […]
२३ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजासहितको लोकतन्त्र र हिन्दु राज्यबारे सार्वदलीय बैठकमा निकास खोज्ने प्रस्ताव राखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आहृवान गरेको सर्वदलीय बैठकमा राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनबारे छलफल भएको थियो । बैठकमा राप्रपाका नेताहरुले संविधान बनाउँदा चौथो पात्र आफूहरु नै भएको र संविधानप्रति समर्थन रहेको बताए । साथै राजतन्त्रको […]
२२ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताएका छन् । सोमबार पार्टी कार्यालयमा भएको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण समारोहमा थापाले स्वःस्फूर्त रुपमा देशभर भएको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको बताए । जनताले राजालाई ल्याउनुपर्ने भन्दै उनले अघि भने, ‘राजा आऊ देश बचाउ […]
२१ मंसिर, काठमाडौं । ०६२/६३ मा भएको आन्दोलनले राजतन्त्र उन्मूलन गरेको झण्डै डेढ दशकपछि राजावादी शक्तिहरू एकाएक जुर्मुराएका छन् । देशका विभिन्न भागहरूमा ‘राजा आउ देश बचाउ’ को नारासहित र्याली भइरहँदा यसको नेतृत्व कसले गरिरहेको छ भन्ने कौतुहल पनि धेरैलाई छ । कुनै ठूलो राजनीतिक दल घोषित रूपमा यो आन्दोलनमा सहभागी छैन । राजावादीहरू यो […]
२० मंसिर, काठमाडौं । राजतन्त्रको पक्षमा देशभर प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले भिडभाड र जुलुस गर्न नदिन भन्दै बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दियो । लगत्तै जिप्रकाहरुले पनि सूचना निकाले । जिल्ला प्रशासन कार्यालय काठमाडौंले १६ मंसिरमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनैतिक तथा अन्य भिडभाडजन्य गतिविधि […]
१९ मंसिर, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा प्रदर्शन गरेको छ । पार्टी कार्यालय सानोपोखराबाट मोटरसाइकल र्यालीले ‘राजतन्त्र पुनर्स्थापना गर’, ‘हिन्दु राष्ट्र कायम गर’लगायत नारा लगाउँदै बजार परिक्रम गरेको थियो । कोरोना संक्रमण जोखिमलाई ध्यान दिँदै सभा, सम्मेलन नगरी मोटरसाइकल र्याली निकालिएको राप्रपा मकवानपुरका […]
१७ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी मसालले देशका विभिन्न भागमा राजतन्त्रको पुनस्र्थापना र हिन्दु राज्यको माग गर्दै राजावादीहरुको बढिरहेको सक्रियतालाई हल्का रुपमा नलिन आग्रह गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गरी यस्ता गतिविधिका विरुद्ध तथा गणतन्त्र र धर्म निरपेक्षता समेतको रक्षाको लागि सबै गणतन्त्र पक्षधर शक्तिहरु एक हुनुपर्ने बताएका छन् । ‘अन्यथा, […]
१६ मंसिर, काठमाडौं । नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो । संविधान सभाको पहिलो बैठकले २०६४ मा राजतन्त्रको अन्त्यको घोषणा गर्दै विधिवतरुपमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको घोषणा गरेको थियो । […]
१६ मंसिर, काठमाडौं । २४० वर्ष लामो राजतन्त्र नेपालबाट उखेलिएको डेढ दशक नबित्दै फेरि एउटा तप्काले राजाको खोजी गर्न थालेका छन् । राष्ट्रिय झण्डा बोकेर ‘राजा आऊ देश बचाऊ’ भन्दै नारा–जुलुस गर्ने सिलसिला देशव्यापी बनिरहेको छ । अहिले भइरहेका प्रदर्शनमा कुनै बलियो आयोजक छैन । कुनै राष्ट्रिय पार्टीले आह्वान गरेर मानिसहरु सडकमा निस्केका होइनन् । […]
१५ मंसिर, काठमाडौं । काठमाडौंमा सोमबार राजतन्त्रको पक्षमा प्रदर्शन भएको छ । राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा भएको प्रदर्शनका सहभागीले पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका थिए । त्यस्तै प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा पनि बोकेका थिए । माइतीघरदेखि नयाँ वानेश्वरसम्म गरिएको प्रदर्शनका सहभागीले राजा आऊ, देश बचाऊजस्ता नारा पनि लगाएका थिए । […]
१२ माघ, झापा । पूर्वराजा ज्ञानेन्द्र शाह भारतको सिलगुडीतर्फ लागेका छन् । पछिल्लो समय झापामा रहेका पूर्वराजा शाह आइतबार दमकबाट सिलगुडी प्रस्थान गरेका हुन् । परिवारसहित गएका पूर्वराजाको भ्रमण चार दिने भएको बताइएको छ ।
१३ चैत, काठमाडौं । आइतवार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओली संसदको रोष्टममा उभिएर गणतन्त्र कसैसँग भिक्षा मागेर ल्याइएको होइन भनिरहँदा पूर्वराजा ज्ञानेन्द्र शाह ओलीकै घरनजिक दमकको चिया बगानमा ‘राजा आऊ देश बचाऊ’ भन्नेहरुसँग गफिँदै थिए । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं छाडेर दमक बस्न थालेको एक महिना नाघिसकेको छ । उनले दमकलाई मुकाम बनाएर धार्मिक भ्रमणका […]
२९ पुस, काठमाडौं । यो साता राजनीतिक बजारमा दुईवटा ‘हट केक’ पाकिरहेका छन्ः पहिलो- डा.गोविन्द केसीको १६ औं अनसन । दोस्रो- विवेकशील साझा पार्टीमा देखापरेको विचलन । केकको अर्को चिसो पाटो पनि छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्ड ‘राजतन्त्रको भुत’ सँग थरथर काँप्न थालेका छन् । अर्कोतिर वाइडबडी प्रकरणमा कांग्रेस सभापति […]
९ पुस, काठमाडौं । भीमसेन थापा नेपालको इतिहासमा रुचि राख्नेहरुका लागि सर्वाधिक चर्चित पात्र हुन् । नेपालका प्रथम प्रधानमन्त्री मानिने उनै भीमसेन थापाका पाँचौं पुस्ताका सदस्य हुन्– वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापा । अहिले नेपाल कम्युनिस्ट पार्टीले करीव दुईतिहाई बहुमत ल्याएजस्तै नेपालमा भएको पहिलो निर्वाचन (२०१५) मा नेपाली कांग्रेसले दुई तिहाई बहुमत ल्याएको थियो । त्यो […]
९ पुस, काठमाडौं । भीमसेन थापा नेपालको इतिहासमा रुचि राख्नेहरुका लागि सर्वाधिक चर्चित पात्र हुन् । नेपालका प्रथम प्रधानमन्त्री मानिने उनै भीमसेन थापाका पाँचौं पुस्ताका सदस्य हुन्– वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापा । अहिले नेपाल कम्युनिस्ट पार्टीले करीव दुईतिहाई बहुमत ल्याएजस्तै नेपालमा भएको पहिलो निर्वाचन (२०१५) मा नेपाली कांग्रेसले दुई तिहाई बहुमत ल्याएको थियो । त्यो […]