Comments Add Comment

राजावादी

List Grid
अस्ट्रेलियामा बढ्दै नेपालको राजावादी रुझान

सिड्नी / अस्ट्रेलियाका नेपालीहरुमा राजावादी रुझान सुरु भएको छ । विगत केही वर्ष अघिदेखि पुस २७ मा यहाँ नेपाल एकीकरण गर्ने राजा पृथ्वी नारायण शाहको जन्म दिन मनाउन थालिएको छ । यो वर्ष सोमबार सिड्नीको नेपाली बाहुल्य बस्ती अबर्नमा विशेष कार्यक्रम राखिएको छ । उक्त कार्यक्रमको संयोजन तथा प्रचारप्रसार नेपालको राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीका […]

सप्तरीमा राजावादीको जुलुसमा दलका युवाको अवरोध, ब्यानर जलाइयो

१४ पुस, सप्तरी । राजातन्त्र र हिन्दु राष्ट्रको माग गर्दै सप्तरी सदरमुकाम राजविराजमा राजावादीले निकाल्न लागेको र्‍यालीमा अवरोध भएको छ । स्थानीय शिव मन्दिर प्राङ्गणबाट र्‍याली निकाल्न सुरु गर्नुअघि नै नेकपा, कांग्रेस र जसपाका युवाहरुले अवरोध गरेका हुन् । राजा र हिन्दु राष्ट्रको पक्षमा प्ले कार्ड, व्यानर र राष्ट्रिय झण्डा बोकेर र्‍याली निकाल्न लागेको सूचना […]

गणतन्त्रवादी सडकमा आएपछि राजावादीको आन्दोलन ओझेलमा

१४ पुस, काठमाडौं । प्रधानमन्त्री केपीले ओलीले अकस्मात संसद भंग गर्दा त्यसको विरोधमा राजनीतिक दलहरु सडक आन्दोलनमा आएपछि राजावादीहरुको आन्दोलन भने ओझेलमा परेको छ । यतिवेला नेपाल कम्युनिस्ट पार्टीको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको समूह, प्रमुख विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायतका गणतन्त्रवादी दल सडक आन्दोलनमा रहेका छन् । संसद भंग गर्नु अगाडि […]

राजावादीको गुनासो : राप्रपाले पार्टीकरण गर्न खोज्यो !

२२ मंसिर, काठमाडौं । राजतन्त्रको माग राखेर १५ मंसिरमा ‘राष्ट्रिय शक्ति नेपाल’ ले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म पृथ्वीनारायण शाहको तस्वीरसहित ‘राजा आऊ, देश बचाऊ‘ भन्दै नारा लगाए । त्यसको पाँच दिनपछि माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म ठ्याक्कै त्यस्तै दृश्य दोहोरियो । पृथ्वीनारायण शाहको तस्वीर, ‘राजा आऊ, देश बचाऊ‘ को नारा सबै हुबहु । फरक थियो त […]

प्रधानमन्त्रीको गृहजिल्लामा राजावादीहरुको शक्ति प्रदर्शन

२० मंसिर, झापा । राजसंस्थाको माग गर्दै देशका अन्य भागमा जस्तै झापामा पनि प्रदर्शन भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीले शक्ति प्रदर्शन गरेको हो । प्रदर्शनका लागि राप्रपाले जिल्लाका विभिन्न स्थानबाट आफ्ना कार्यकर्ता तथा समर्थकलाई पूर्वी नाका काँकडभिट्टामा भेला पारेको थियो । काँकरभिट्टाबाट सुरु भएको र्‍याली बिर्तामोडमा आएर […]

राजावादीको प्रदर्शनप्रति गृह प्रशासन लचिलो

२० मंसिर, काठमाडौं । राजतन्त्रको पक्षमा देशभर प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले भिडभाड र जुलुस गर्न नदिन भन्दै बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दियो । लगत्तै जिप्रकाहरुले पनि सूचना निकाले । जिल्ला प्रशासन कार्यालय काठमाडौंले १६ मंसिरमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनैतिक तथा अन्य भिडभाडजन्य गतिविधि […]

राजतन्त्रको पक्षमा कसले गर्दैछ देशभर श्रृंखलाबद्ध प्रदर्शन ?

१६ मंसिर, काठमाडौं । नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो । संविधान सभाको पहिलो बैठकले २०६४ मा राजतन्त्रको अन्त्यको घोषणा गर्दै विधिवतरुपमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको घोषणा गरेको थियो । […]

विराटनगरमा राजावादीको प्रदर्शन

२७ कात्तिक, विराटनगर । राजसंस्था फर्काउन माग गर्दै विराटनगरमा मोटरसाइकल र्‍याली निकालेका छन् । राजावर्दी संगठनहरुले बिहीबार विराटनगरमा राजसंस्था फर्काउन माग गर्दै र्‍याली निकालेका हुन । विराटनगर कञ्चनबारी चोकबाट निकालेको र्‍यालीले बजार परिक्रमा गरेको थियो । दुई तिहाइ बहुमत प्राप्त नेकपा नेतृत्व सरकार र पार्टी आन्तरिक विवादमा फसेको बेला राजावार्दी संगठनहरुले राजसंस्था फर्काउन माग गर्दै […]

‘राजावादी’ र ‘जबजवादी’ उस्तै हुन् त ?

‘राप्रपाले राजतन्त्र फर्काउने नाटक गर्नु र कम्युनिस्टले जनवाद फर्काउने प्रहसन गर्नु उस्तै कुरा हुन्’- घनश्याम भुसाल २६ साउन, काठमाडौं । मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ (जबज) बारे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बेलाबखत बहस चर्किने गरेको छ । विशेषतः पूर्वएमालेका केपी शर्मा ओली पक्षधर नेताहरु जबजको लाइनमा उभिने गरेका छन् । राष्ट्रपति विद्यादेवी […]