Comments Add Comment

अमृत सुवेदी

लेखकबाट थप

List Grid
गण्डकीमा डोबाटे विक पनि मन्त्री बन्ने

२५ असोज, पोखरा । गण्डकी प्रदेशमा डोबाटे विक पनि मन्त्री बन्ने भएका छन् । यसअघि उनलाई अन्तिम समयमा सूचीबाट हटाएर विन्दुकुमार थापालाई मन्त्री बनाइएको थियो । विकलाई अन्तिम समयमा हटाएर व्यवसायीक थापालाई मन्त्री बनाएको भन्दै कांग्रेसको आलोचना भएको थियो । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा भएको बेला गण्डकी प्रदेशका नेताहरुसँग छलफल गरेर […]

लमजुङ कांग्रेसमा लफडा, मतपत्र जलाउँदै नगर अधिवेशन स्थगित

१० भदौ, पोखरा । नेपाली कांग्रेस लमजुङ राइनास नगरपालिका समितिको चुनावमा मतपत्रमा अंक र एउटा धर्को छुटेको विवादले मतपत्र नै जलाइएको छ । मतपत्रमा सभापतिको उम्मेदवारको क्रम संख्या र मतदान गर्दा चिह्न लगाउने ठाउँमा धर्को छुट्दा उत्पन्न विवादले राइनास तनाबग्रस्तमात्रै बनेन, निर्वाचन नै स्थगित भएको छ । राइनास नगरमा कांग्रेस सभापति शेरबहादुर देउवा र रामचन्द्र […]

उत्साह बढाउँदै व्यवसायी, आशा जगाउँदै मजदुर

९ भदौ, पोखरा । कोरोना माहामारी जोखिम कम हुनेबित्तिकै घुम्न निस्किंदा पोहोर यही छेको पोखराको पामे क्षेत्र एकाएक आकर्षणको केन्द्र बन्यो । पामे क्षेत्रमा लागेको नेपाली पर्यटकको भीडले धेरैलाई खुसीको सञ्चार मात्रै गरेन, लकडाउनकै बीच रेस्टुरेन्टहरु समेत निर्माण भए । तनहुँको मानुङकोट सामाजिक सञ्जालमा भाइरल थियो । मानुङकोटमा जम्मा भएको थेगिनसक्नु भीडले देशैभरि तरंग ल्यायो […]

भावी रणनीति बनाउन विप्लव समूहको केन्द्रीय बैठक बन्दीपुरमा

३० भदौ, पोखरा । सरकारसँग तीनबुँदे सहमति गर्दै सार्वजनिक भएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ६ महीना अन्योलमा रह्यो । तीनबुँदे कार्यान्वयन गर्ने जिम्मा लिएका प्रधानमन्त्री केपी शर्मा ओली आफैं संसद विघटनमा लागे र सरकारबाट बाहिरिए । सरकार परिवर्तन भएपछि विप्लव समूहले सबै राजनीतिक दलका नेताहरुसँग भेट गर्याे , सहमति कार्यान्वयनमा जोड दियो […]

पोखरामा बेथितिः करोडौं राजश्व गायब, कानून मिचेर भत्ता र ठेक्का

१८ भदौ, पोखरा । विकास खर्च कम गर्ने, गरेको खर्चमा कानुन, विधि मिच्ने, स्वार्थ बाझिने र विभिन्न शीर्षकमा भत्ता, अनुदान लिने धेरै स्थानीय तहमा देखिएको बेथिति हो । नेपालको ठूलोमध्येको एक पोखरा महानगरपालिकामा पनि जनप्रतिनिधि र कर्मचारी मिलेर अनुचित भत्ता लिएकोदेखि ‘आफ्ना मान्छे’लाई ठेक्का दिनेसम्मको विकृती देखिएका छन् । करोडौं राजश्वको हिसाबै देखिएको छैन । […]

देउवालाई भोट दिएका किसान श्रेष्ठ : अब म माधव समूहको भएँ, महेश बस्नेतहरु नआई सुख छैन

४ साउन, पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गर्दै तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएपछि नेकपा एमाले सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ राष्ट्रिय राजनीतिमा आए । व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका श्रेष्ठ एमाले अध्यक्ष केपी शर्मा ओलीको कट्टर समर्थकका रुपमा चिनिए । १० वैशाख २०७७ मा जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र […]

‘बैंकले कालोसूचीको धम्की दिन्छ, सरकारले खोप समेत दिंदैन’

२५ असार, पोखरा । पर्यटकको चहपहलले सधैं गुल्जार हुने पोखराको लेकसाइड कोरोनाको दोस्रो लहर शुरु भएपछि यतिबेला सुनसान छ । लेकसाइडको सन्नाटा चिर्दै असार २१ गते पर्यटन व्यवसायी जिल्ला प्रशासन कार्यालय कास्की पुगे । ब्यानर र पम्लेटसहित प्रशासन गुहार्न पुगेका व्यवसायीको माग थियो, ‘नो भ्याक्सिन नो टुरिजम ।’ पहिलो कोरोना लहरपछि बिस्तारै लयमा फर्किरहेको पर्यटनलाई […]

‘विश्वासको मत लिइहालें, गठबन्धन हल्लिदैमा फुट्दैन’

२२ असार, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि निम्तिएको संकटको शिकार सबभन्दा पहिले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बने । दुई तिहाइ बहुमतमा रहेका मुख्यमन्त्री गुरुङ नेकपा विभाजनसँगै अल्पमतमा परे र नेपाली कांग्रेसका लागि सोच्दै नसोचेको अवसर आयो । चार दल र एक स्वतन्त्र सांसदको गठबन्धन बनाएर कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र नेपाली पोखरेल […]

सरकार उभियो, मुख्यमन्त्रीको परीक्षा सुरु

५ जेठ, पोखरा । नेकपा एमाले बाहेकका चार दल र एक स्वतन्त्र सांसद मिल्दा जुटेको बहुमतका आधारमा गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपाली  पोखरेल शुक्रबार प्रदेशसभामा भएको विश्वासको मतको ‘परीक्षा’मा पास भएका छन् । शनिबार मुख्यमन्त्री बनेका उनले संविधान अनुसार ३० दिनभित्र सपथ लिनुपर्ने थियो । तर मुख्यमन्त्री भएको भोलिपल्टै सरकारको नीति तथा कार्यक्रम र […]

गण्डकीका मुख्यमन्त्रीले पर्सि विश्वासको मत लिने, त्यसपछि मन्त्रालय बाँडफाँट

२ जेठ, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । असार ४ गते नै विश्वासको मत लिएर मन्त्रालय बाडफाँट टुंग्याउने र प्रदेशसभामा बजेट छलफल अघि बढाउने पोखरेलको तयारी छ । जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका उनलाई विश्वासको मत लिन एक महिना समय […]

गण्डकीमा बजेट भनेर भाषण सुनाएको एमालेको टिप्पणी

२ असार, पोखरा । गण्डकी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयसमेत आफैंले सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार ३० अर्ब ३ करोड रुपैयाँको बजेट ल्याए । उनले केही शीर्षकबाहेक अरुमा बजेटको विवरण नै उल्लेख नगरी बजेट वक्तव्य प्रस्तुत गरेका थिए । संघीय सरकार र स्थानीय तहसँगको समझदारीमा शिशु, बालबालिका, किशोरी, अपांगता भएका, गर्भवतीको पोषण […]

दीपक मनाङेको जगमा उभिएको वैकल्पिक सरकार

२९ जेठ, पोखरा । सत्ताको खेलमा रातारात कित्ता परिवर्तन गरी विपक्षीलाई साथ दिने घोषणा गर्दै राजीव गुरुङ (दीपक मनाङे)ले भने, ‘यो व्यवस्था बचाउन यस्तो निर्णय गरें ।’ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद भंग गर्न खोजेकाले उनको साथ छाडेका उनकै सरकारका युवा तथा खेलकुदमन्त्री मनाङेको भनाइ थियो । संसदको हत्या हुन नदिन विपक्षी गठबन्धनलाई साथ दिएका मनाङेको […]