Comments Add Comment

गौरव पोखरेल

लेखकबाट थप

List Grid
हेपिएको हेलम्बु

७ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटादेखि सरकारका मन्त्रीसम्मको लस्कर छ मेलम्ची बजारमा । तर, सबैभन्दा बढी मानवीय क्षति भएको हेलम्बु गाउँपालिकामा चाहिं कमैको नजर परेको छ । अघिल्लो मंगलबार राति आएको बाढीले एक जनाको मृत्यु र १५ जना बेपत्ता बनाएको हेलम्बु गाउँपालिकामा अहिलेसम्म प्रशासनको पाइला परेको छैन । हेलम्बु–२, ज्यामिरेका डम्बरबहादुर भण्डारी भन्छन्, ‘हाम्रो […]

‘मेलम्चीमा भन्दा धेरै राहत हेलम्बुमा चाहिएको छ’

६ असार, मेलम्ची । सिन्धुपाल्चोकमा बाढीले गरेको क्षतिका हिसाबले सबैभन्दा बढी प्रभाव परेको ठाउँ हेलम्बु गाउँपालिका हो । तर राहत वितरण गर्नेको नजर त्यहाँसम्म पुग्न सकेको छैन । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले शुक्रबार साँझ हेलम्बुमा १३५ बोरा चामल, सोलारबत्ती सहितका राहत सामग्री वितरण गरेको छ । तर अन्य धेरैजसोको राहत सामग्री पुर्‍याउने होड दुर्गम […]

मेलम्चीमा किन आयो लेदोसहितको बाढी ?

३ असार, मेलम्ची । सिन्धुपाल्चोकका ३१ वर्षीय सागर श्रेष्ठले मंगलबार जस्तो मेलम्ची नदीको रौद्ररुप कहिल्यै देखेका थिएनन् । जीवनकालमा उनले मेलम्चीमा २५ वटाभन्दा बढी बाढी देखे, भोगे । ती हरेक वर्षजसो आउँथे, जान्थे । सामान्य नदी कटान त हुन्थ्यो, बस्तीतिर सोझिंदैनथ्याे । यसपालि चाहिं मनसुनको शुरुआतमै मेलम्ची बजारलाई नै उठिवास लगाइदिने गरी नदी उर्लियो । […]

पेन्सन अवधि घट्दा सेनामा जागिर छाड्ने बढे, प्रहरी–सशस्त्रमा पनि घटाउन माग

२७ जेठ, काठमाडौं । सैनिक जवानको पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्तावलाई सरकारले पटकपटक अस्वीकार गर्‍यो । सेनाले जतिपटक रक्षा मन्त्रालयमा त्यससम्बन्धी प्रस्ताव पठाउँथ्यो, अर्थ मन्त्रालय पुगेर अड्किन्थ्यो । हरेक पटक अर्थको एउटै जवाफ हुन्थ्यो, ‘मुलुकलाई आर्थिक भार बढ्ने भएकाले प्रस्तावमा स्वीकृति दिन सकिन्न ।’ प्रधानसेनापति पूर्णचन्द्र थापा पनि सुरुमा पेन्सन अवधि घटाउने विषयमा सकारात्मक […]

अल्पायुमै अस्ताए वैकल्पिक राजनीतिका सूत्रधार

१८ जेठ, काठमाडौं । पार्टी जत्रोसुकै होस्, नेपाली राजनीतिज्ञहरु आफूले पाएको पद सितिमिति गुमाउन चाहँदैनन् । राजनीतिबाट ‘अवकाश’ भन्ने शब्द सुन्न पनि विरलै रुचाउँछन् । उज्ज्वल थापा भने नेपाली राजनीतिका एक अपवाद पात्र हुन् । अमेरिकाबाट फर्किएर परिवर्तनका लागि ‘हामी नेपाली एक’ भन्ने अभियान चलाएका थापाले आफू जस्तै युवाहरू मिलेर ‘विवेकशील नेपाली दल’ स्थापना गरे […]

सीसीएमसी : राजनीतिक नेतृत्व असफल भएपछि पूर्व सैनिक

१२ जेठ, काठमाडौं । जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बारम्बार भन्थे, ‘उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रभावकारी समन्वय गर्ने हो भने कोरोना महामारी धेरै हदसम्म नियन्त्रणमा लिन सकिन्छ । यसले जनताको जीवन रक्षा त हुन्छ नै, पोखरेलको राजनीतिक जीवनमा पनि ठूलो फड्को मार्न सक्छ ।’ उच्चस्तरीय समन्वय समिति र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको संयोजक गरी […]

कांग्रेस र माओवादीले किन उठाए सीसीएमसी खारेजीको प्रश्न ?

७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को नेतृत्वमाथि प्रश्न उठायो । पार्टी सभापति शेरबहादुर देउवाले बुझाएको पत्रमा सीसीएमसीको नेतृत्व अपारदर्शी, सतही र अक्षम सावित भएको उल्लेख छ । बिहीबारै बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पनि सीसीएमसी खारेज […]

प्रधानमन्त्रीको नेतृत्वमा कोभिड-१९ निर्देशक समिति, ईश्वर पोखरेल सदस्य मात्रै

७ जेठ, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलको भूमिका खुम्चिने भएको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले ल्याएको ‘कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८’ मा प्रधानमन्त्रीको नेतृत्वमा कोभिड-१९  निर्देशक समिति बनाउने उल्लेख छ । हालसम्म सीसीएमसी निर्देशक समितिको अध्यक्षता गरिरहेका उपप्रधानमन्त्री पोखरेल भने निर्देशक समितिको […]

अस्ताए नेपाल प्रहरीका ‘ज्यूँदो इतिहास’

अहिलेको पुस्ताका धेरै प्रहरीलाई थाहा नहुन सक्छ, नेपाल प्रहरीको इतिहासमा खड्गजित बराल यस्ता व्यक्ति हुन्, जो १४ वर्ष सेवा अवधिमै फौजको सर्वोच्च पदमा पुगे । पेन्सनका लागि चाहिने २० वर्ष जागिर अवधि पुग्नु अगावै प्रहरी महानिरीक्षक (आईजीपी) को चार वर्षे कार्यकाल पनि पुरा गरे । आईजीपी बनेको व्यक्तिले पेन्सन नपाउने स्थिति बनेपछि तत्कालीन सरकारले उनको […]

काठमाडौंका सीडीओ भन्छन् : पोहोरजस्तै पूरै ठप्प पार्ने स्थिति आउन सक्छ

२० वैशाख, काठमाडौं । उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको दोस्रो लहर नियन्त्रणका लागि भन्दै एकसाता निषेधको आदेश जारी गरेका छन् । तर उपत्यकामा कोरोना भाइरस संक्रमणको दर दैनिक बढिरहेको छ । विज्ञहरुका अनुसार निषेधाज्ञाले काम गर्‍यो वा गरेन भन्ने पुष्टि हुन कम्तीमा एक साता कुर्नुपर्छ । यद्यपि निषेधाज्ञाको समयमा पनि देखिएको भिडले महामारी […]

‘राजनीतिमा अपराधीकरणको चरम रुप’

१६ वैशाख, काठमाडौं । २०५० देखि ७५ सालसम्म काठमाडौं प्रहरी प्रमुखमा जो प्रमुख भएर आए, हरेकको सूचीमा हुन्थे राजीव गुरुङ उर्फ दिपक मनाङ्गे । चुनाव हुँदा होस् या ‘गुण्डा समूह’सँग जोडिएका जुनसुकै घटना हुँदा होस्, उनी पक्राउ पर्नु सामान्य बनिसकेको थियो । पक्राउ परेनन् भने चाहिँ उनी आफैं कनिष्ठ प्रहरीहरुसँग सोध्थे, ‘मलाई … (प्रहरी प्रमुखको […]

निषेधाज्ञाले मात्र पुग्दैन, नागरिक आफैं सचेत हुनुपर्छ

१३ वैशाख, काठमाडौं । उपत्यकामा निषेधाज्ञाको निर्णय हुनु एक दिन अगाडि कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले महामारीको ‘चेन ब्रेक’ गर्नु अत्यावश्यक भइसकेको निष्कर्ष निकालेको थियो । त्यसका लागि लकडाउन अथवा बढी संक्रमण देखिएको क्षेत्रमा निषेधाज्ञाको विकल्प नरहेको सीसीएमसीको निचोड थियो । निषेधाज्ञाले मात्रै चेन ब्रेक गर्न सक्छ त ? जनस्वास्थ्यविद्हरूका अनुसार ‘मोबिलिटी’ बन्द गरेर मात्र […]