Comments Add Comment

सहुलियतमा सामान बेच्न सिफल महोत्सव

३० भदौ, काठमाडौं । बडादसैंका लागि सुपथ मूल्यमा उपभोग्य सामग्रीहरू उपलब्ध गराउने उद्देश्यले असोज ३ देखि १३ गतेसम्म सिफलचौरमा बडादसैँ औद्योगिक व्यापार मेलासहितको सिफल महोत्सव गरिने भएको छ ।

महोत्सवमा खाद्य सामग्रीसहित हस्तकलाका स्वदेशी एवम् विदेशी उत्पादनहरू, विभिन्न ब्रान्डका मोबाइल तथा विद्युतीय सामान, कृषि तथा स्थानीय उत्पादनहरू, मनोरञ्जन तथा बाल उद्यान, चर्चित कलाकारहरूबाट साङ्गीतिक तथा हाँस्यव्यङ्ग्य प्रस्तुति, स्थानीय तथा राष्ट्रिय खाना महोत्सव, दसैँका विषयमा धार्मिक कथा वाचन र अन्य विविध कार्यक्रम आयोजना गरिने महोत्सव आयोजक समितिका अध्यक्ष सन्दीप महतले बताए ।

औद्योगिक शान्ति नेपाल संस्थाको आयोजना र नवजीवन युवा क्लबको सहयोगमा महोत्सव सञ्चालन गरिने पनि महतले बताए । महोत्सवमा उपभोक्तालाई खाद्य एवम् अन्य सामग्रीहरूमा ३० प्रतिशत सहुलियत दिइने आयोजक समितिका सदस्य पि्रतम मल्लले जानकारी दिए ।

महोत्सवमा गीत र नृत्यमा खुला प्रतिस्पर्धा गराई पुरस्कृत गरिने पनि आयोजक समितिले जानकारी गराएको छ । साङ्गीतिक कार्यक्रममा धीरज राई, हेमन्त शर्मा, सुगम पोख्रेल, हरि कर्माचार्य, प्राश्ना शाक्य र विजय लामालगायतका राष्ट्रिय कलाकारको सहभागिता रहने साङ्गीतिक कार्यक्रम संयोजक सरोज केसीले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment