Comments Add Comment

मोदीलाई ‘थ्रेट’ दिने दुई बंगलादेशी थुनामा

narendra-modi
११ भदौ । काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा शंकास्पद गतिविधिमा संलग्न दुई जना बंगलादेशी नागरिक पक्राउ परेको खुलेको छ । १९ साउनमा पशुपति मन्दिरबाट पक्राउ परेका उनीहरु अझै प्रहरी हिरासतमै छन् ।

मोदी पशुपति मन्दिरमा गएको बेला शंकास्पद गतिविधि गर्ने बंगलादेशी नागरिकद्वय हसाइम इस्लाम र रियल मियाँलाई प्रहरीले पक्राउ गरेको नयाँ पत्रिका दैनिकले खबर छापेको छ । मुश्लिम धर्मावलम्बी भएपनि हिन्दु धर्मको प्रचार बाँडिरहेको अवस्थामा प्रहरीले उनीहरलाई पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा इस्लाम र मियाँ बंगलादेशी नागरिक भएको खुलेको थियो । उनीहरुले नेपाली नागरिकतासमेत लिइसकेको अनुसन्धानबाट पत्ता लागेको छ ।

प्रहरी स्रोतका अनुसार बाँकेको कटरकुइया गाविस-४ बाट उनीहरुले नेपाली नागरिकता लिएका थिए । काठमाडौ प्रहरीले नागरिकतासम्बन्धी मुद्दामा थप अनुसन्धान र कारबाही गर्न उनीहरुलाई बाँके प्रहरीमा पठाएको छ ।

इस्लाम र मियाँ हिन्दु धर्मावलम्बीहरुको भेषमा मोदीले पूजा गर्ने बेला पशुपति मन्दिरमा पुगेका थिए । उनीहरु कुनै अन्तर्राष्ट्रिय गिरोहमा आवद्ध भएको हुन सक्ने आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment