Comments Add Comment

सोमवारका दैनिक पत्रिकामा बिजनेश खबर 

सोमवार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले फरक फरक विषयवस्तुको खबरलाई प्राथमिकता दिएर खबर छापेका छन् ।

कारोबार दैनिकले सेयर बजारमा सीमित समूहको अस्भाविक चलखेल भएको अर्थमन्त्री रामशरण महतले दिएको अभिब्यक्तिलाई प्रमुख खबर बनाएको छ । सीमित समूहले आफ्नो स्वार्थपूर्ति गर्न विभिन्न बाहनाबाजी गरेर बजार घटाउने प्रपञ्च रचेको महतको आरोप छ ।

यस्तै, विद्युत महसुल १३.७ प्रतिशत बढ्यो, अर्थमन्त्री र गभर्नरबीच छेडछाड, पहिलोपटक ‘धान मिसन’ कार्यक्रम लागू, राष्ट्र बैंकले १० अर्ब निक्षेप संकलन गर्ने, त्रिविका मेडिकल कलेजमा सिट संख्या बढाबढ, लगायतको खबर कारोबार दैनिकमा छ ।

आर्थिक दैनिकले ‘उपत्यका विकास प्राधिकरणद्वारा सडक विस्तार मापदण्डविपरित भएको स्वीकार’ शीर्षकमा प्रमुख खबर छापेको छ । सरकारले राजधानी उपत्यकाको सडक विस्तारमा समान मापदण्ड अपनाउन नसकिएको देखिएको छ । २०६८ सालदेखि जारी सडक विस्तारको क्रममा अधिकांश सडक मापदण्डविपरित रहेको फेला परेको छ ।

यस्तै, लोडसेडिङ् न्यूनीकरण गर्न सौर्य उर्जा स्थापना गरिने, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्रेष्ठले सापटी रकम तिरेनन्, अख्तियारलाई जग्गा दिने नयाँ मन्त्रीको निर्णय, हाइल्याण्ड डिस्टिलरीविरुद्धका ६३ थान मुद्दा अलपत्र, उर्जा मन्त्रालय र प्राधिकरणलाई कार्य विवरण तालिकासहित उपस्थित हुन दिर्नेशन लगायतका खबर आर्थिक दैनिकमा छ ।

नागरिक दैनिकले ‘गोदावरी भिलेज रिसोर्टको समस्या सल्टियो’ शीर्षकमा मुख्य खबर छापेको छ । ब्यवस्थापन र मजदुरबीच झण्डै तीन महिना लामो विवाद सल्टिएपछि ललितपुरस्थित गोदावरी भिलेज रिसोर्ट पुनःसञ्चालनमा आएको हो ।

यस्तै, भीएलएनको छानविन गर्दै संसदीय समिति, तातोपानी-काठमाडौ सडकबाट सवैखाले सवारी आवागमन खुला, प्रभु बैंकको आपचारिक कारोबार आजबाट, कार्यकारी निर्देशक नियुक्त गर्न संसदीय समितिको निर्देशन लगायतको खबर नागरिक दैनिकमा छ ।

अन्नपूर्ण पोष्टले सरकारले नै इजारालयमा कामदार पठाउँन मोडालिटी तयार गर्दै गरेको खबरलाई मुख्य खबर बनाएको छ । इजरायलमा सरकारी तह (जी टु जी) बाट कामदार पठाउँन मोडालिटी तय गरिने भएको हो । यसका लागि दुई देशबीच आइतवारदेखि काठमाडौमा वार्ता शुरु भएको छ ।
यस्तै, किष्टको विलय प्रभुको नयाँ यात्रा, प्रसारण लाइन र आयोजनाबारे विवरण माग, पूर्वका प्रत्येक नयाँ रुटमा पाँचवटा बस थपिने, दुर्गम क्षेत्रको यात्रु सेवा शुल्क बढ्यो, कालोबजारी रोक्न तथ्याङ्क लगायतको खबर अन्नपूर्ण पोष्टमा छ ।

aanpurna-eco

arthik-eco

karobar-eco

nagari-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment