Comments Add Comment

वर्ल्डलिंकको डाटा खरिद गर्दा त्यतिनै डाटा सित्तैमा, जडानमा पनि छुट

३० भदौ, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स प्रालि सोमबारदेखि १९औं वर्षमा प्रवेश गरेको छ । कम्पनी २०५२ सालमा एउटा कोठामा दुईवटा कम्प्यूटरबाट सुरु भएको थियो ।

World-Linkअहिले यस संस्थाले देशका ६३ जिल्लामा सेवा विस्तार गरिसकेको छ भने ४५० भन्दा बढी कर्मचारीलाई रोजगारी प्रदान गर्दै आएको छ ।

आफ्नो उत्कृष्ट सेवाबाट ग्राहकको जीवनशैली अझ सम्बृद्ध बनाउने उद्देश्य राखेको वल्र्डलिंकले आफ्नो सेवा नेपालकै सबैभन्दा गुणस्तरीय सेवा हुने विश्वास लिएको दाबी गरेको छ ।

घरायसी प्रयोजनको लागि ५, १० र २५ एमबीपीएसको सेवा उचित मुल्यमा ल्याइसकेको वर्ल्डलिंकले आफ्नो १९औं वाषिर्क महोत्सवलाई हर्ष उल्लासमय बनाउन डबल जुम अफर फेरि ल्याएको छ ।

केबल जुम र फाइबर जुमको १० र २५ एमबीपीएस प्लानमा जति डाटा भोल्यूम खरिद गर्‍यो उति नै बरावरको डाटा भोल्युम सितैमा पाउने योजना ल्याएको छ । पाँच एमबीपीएस प्लानमा भने ५० प्रतिशतमात्र बढी पाउन सकिने छ ।

कम्पनीले यस अवसरमा तीन हजार रुपैयाँ पर्ने जडान खर्चको हकमा भने वाषिर्क ग्राहकले शत प्रतिशत छुट, त्रैमासिकलाई दुई हजार रुपैयाँ र मासिकलाई एक हजार रुपैयाँ छुट उपलब्ध गराउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment