Comments Add Comment

गोदरेजको दशैंतिहार योजना, नगद उपहारदेखि बैंकक भ्रमणसम्म

३० भदौ, काठमाडौं । गोदरेज होम अप्लायन्सको नेपालका लागि आधिकारिक बिक्रेता इओएल प्रालिले दशैंतिहारलाई लक्षित गर्दै उपहार योजना ल्याएको छ ।

godrej-offerउपहार योजनाअन्तर्गत ग्राहकले स्क्र्याच कार्डमार्फत ५ हजारसम्म नगद उपहार तथा बैंकक भ्रमण गर्न सक्नेछन् । यो योजना गोदरेजको रेफि्रजेरेटर तथा वासिङ मेसिनमा लागू गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सिंगल डोर रेफि्रजेरेटरमा एउटा स्क्र्याच कार्ड र डबल डोर रेफि्रजेरेटरमा दुईवटा स्क्र्याच कार्ड प्राप्त गर्नेछन् । कम्पनीका नेपालभर रहेका आधिकारिक डिलरबाट यो उपहार योजनामा सहभागी हुन सकिनेछ ।

गोदरेज अप्लाइन्सका सेल्स तथा मार्केटिङ म्यानेजर ललित कुमार मिश्रले ग्राहकहरुसँग दशैंतिहारमा खुशी साटासाट गर्न उपहार योजना ल्याएको बताए । ‘ग्राहकहरुको सन्तुष्टि नै हाम्रो प्राथमिकता हो’ उनले भने- ‘ग्राहकहरुको मायाँले नै नेपाली बजारमा अग्रस्थानमा रहन सफल भएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment