Comments Add Comment

निमोनियाविरुद्धको खोप अव निःशुल्क पाइने

२ असोज, काठमाडौ । सरकारले आगामी नोभेम्बरदेखि नवजात शिशुलाई निमोनियाविरुद्धको महँगो खोप निमोकोकस निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ ।

महँगो भएकै कारण उच्च तथा मध्यम वर्गले मात्र निजी अस्पताल र क्लिनिकमा गएर शिशुलाई लगाउँदै आएका छन् । सरकारले आगामी एक वर्षभित्र तीन पटक दिने गरी खोप ल्याउन लागेको राजधानीमा खबर छ ।

निजी संस्थाले एक पटक खोप लगाएको ६ हजारभन्दा बढी लिँदै आएका छन् । निमोनिया गराउनेमध्ये धेरै प्रकारको भाइरसबाट बचाउने भएकाले खोप ल्याउन लागिएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखा प्रमुख डा. श्यामराज उप्रेतीले जानकारी दिए । यसअघि सरकारले दादुरा र रुवेलाबाट हुने निमोनिया नियन्त्रणका लागि खोप दिँदै आएको थियो ।

ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी) को आर्थिक सहयोगमा भ्याक्सिन ल्याउन लागिएको हो । प्रतिभ्याक्सिन ४ डलरमा खरिद गर्न लागिएको भ्याक्सिनको सरकारले २० सेन्ट मात्र बेहोर्ने सम्झौता भएको छ । पाँच वर्षे सम्झौताअनुसार भ्याक्सिन पहिला पटक पश्चिम नेपालबाट खुवाउन सुरु गरिनेछ । एक वर्षमुनिका सबै बालबालिकालाई भ्याक्सिन ख्याउने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment