Comments Add Comment

सीके राउतलाई रिहा गर्न मधेसी सभासदहरुको माग

४ असोज, काठमाडौं । मधेसी सभासदहरुको दबाव समूह ‘मधेसी सभासद क्लब’ले डा. सीके राउतलाई तत्काल रिहा गर्न माग गरेको छ ।

क्लबले शनिबार विज्ञप्ति जारी गरी राउतको गिरफ्तारीले नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पारेको बताएका छन् । संविधान निर्माणका क्रममा कसैलाई निषेध गर्ने नभइ सबै खाले विचार राख्नेहरुसँग छलफल गर्नु पर्ने भन्दै मधेसी मधेसी सभासदहरुले भनेका छन्-‘संविधान निर्माण भइरहेको यो समयको संवेदनशीलताप्रति राज्य उदासिन भएको छर्लङ्ग हुन्छ ।’

सम्वाद समितिले समेत राउतसँग छलफल गरिसकेको अवस्थामा उनलाई गिरफ्तार गर्नु राज्य निरंकुश हुनु भएको सभासदहरुले बताएका छन् ।

मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्ने अभियान चलाएका राउत अघिल्लो साता मोरङको रंगेलीबाट पक्राउ परेका थिए । उनलाई सर्वोच्चमा पेश गरिएपनि सुनुवाइ हुन सकेको छैन । फेरि आइतबार पेशी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment