Comments Add Comment

युनाइटेड विकास बैंकको लाइसेन्स खारेज

७ असोज काठमाडौं । नेपाल राष्ट्र बैंकले क्षेत्रियस्तरको यूनाइटेड विकास बैंकको इजाजत (लाइसेन्स) खारेज गरेको छ । बैंकको कूल सम्पत्तिले कूल दायित्वलाई धान्न नसक्ने अवस्थामा रहेकाले इजाजतपत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी बैंकमा संस्थागत सुशासनको अवस्था अत्यन्तै कमजोर रहेको, संस्थाको घाटा निरन्तर रुपमा बढ्दै गएको र अविच्छिन्न निकाय अवधारणा बमोजिम संस्थाले आफ्नो वित्तीय कारोवार संचालन गर्न सक्ने न्यूनतम आधारसमेत नदेखिएखिएकाले बैंकको इजाजत रद्द गरिएको राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले जानकारी दिए ।

यूनाइटेडलाई २०७० असोज १६ गते पुनरावेदन अदालतले मकवानपुरले दामासाही गरी खारेजी गर्न आदेश दिएको थियो । अदालतले लिक्वीडेटरसमेत नियुक्ति गरेको थियो ।

लिक्वीडेटरको प्रतिवेदनका आधारमा राष्ट्र बैंकको गत भदौ १९ गते बसेको सञ्चालक समितिले इजाजत रद्द गरेको हो । बैंकलाई राष्ट्र बैंकले २०५७ चैत ३१ गते ‘ख’ वर्गको वित्तीय कारोबार गर्ने इजाजत दिएको थियो ।

युनाइटेडका अध्यक्ष र सञ्चालकहरुले बैंकमा रहेको सर्वसाधारणको निक्षेपसमेत आफ्नो खातामा जम्मा गरेर करिब ८ करोड रुपैयाँ घोटला गरेका थिए । उनीहरु विगत दुई वर्षदेखि बैंकिङ कसूल अन्तर्गत जेल सँजाय भोगिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment