Comments Add Comment

सुर्खेतका बाढीपीडित भन्छन्-झुटो आसभन्दा बरु गोली देउ

११ कात्तिक, सुर्खेत । ‘हामीलाई ठेगानको बोली दिनुहोस्, नभए गोली ठोकिदिनुहोस् ।’ लेख पराजुलकी दिलसरा घर्ती प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहोरासामु भक्कानिदा वातावरण सुनसान भयो । भरपेट खाना र सामान्य कम्बलसमेत नपाउँदाको पीडा पोखिरहँदा अन्य विस्थापित पनि निहुरिएर सुँक्सुकाइरहेका थिए ।
तिहारको अघिल्लो दिन बाढीपहिरोबाट विस्थापित भएकालाई भेट्न छिन्चुस्थित अस्थायी शिविर पुगेका प्रजिअ बोहोराले उनीहरुको पीडा सुनिसकेपछि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बोली दोहोर्याए । बस्ती स्थानान्तरणको जटिल निर्णय सरकारले मात्रै गर्न सक्ने भन्दै उनी उम्किए । विस्थापितहरु भने स्थानीय स्तरमा हुने तात्कालिक राहतसमेत नपाउँदा निकै असन्तुष्ट देखिन्थे, नागरिक दैनिकमा खबर छ ।
‘हाम्रो नाममा आएको राहत सहयोग समयमै दिइयोस्,’ उनीहरु भन्दै थिए, ‘यतिसम्म गरे पनि दिन काट्न केही सहज हुन्थ्यो ।’ विस्थापितले अपेक्षा गरेजस्तो स्थानीय प्रशासन छरितो नहुँदा दिलसराजस्ताको पीडा लम्बिरहेको छ । एकातिर संकलित राहत सामग्री सदरमुकाममै थन्किएका छन् भने अर्कातिर घरबारविहिन भएर त्रिपालमा बास बसेकाहरुालाई हिउँदको सिरेटोले सताउँन थालिसकेको छ । सुरुको चरणमा उद्धार तथा राहत कार्यलाई सक्रियताका साथ अघि बढाएको जिल्ला प्रशासन कार्यालयले पछिल्लो समय भने संकलित राहतसामग्रीसमेत वितरण गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment