Comments Add Comment

तीनदिवसीय क्रिकेटमा नेपाल ८७ रनले पराजित

Sompal-Kami

२५ कात्तिक, काठमाडौं । तीनदिवसीय क्रिकेटमा नेपाल श्रीलंकाको कुरुनेगाला कम्बाइन ११ सँग ८७ रनले पराजित गरेको छ ।

तर, प्रथम श्रेणीको डेब्यू खेलमा पहिलो पारीमा ५ सहित कुल ७ विकेट लिएका सोमपाल कामी म्यान अफ दि म्याच बने भने राष्ट्रिय टीममै डेब्यू गरेका राजेश पुलामी प्रथम श्रेणी क्रिकेटमा एकै पारीमा सर्वाधिक रन बनाउने व्याट्सम्यान बनेका छन् । राष्ट्रिय टीमबाटै डेब्यू म्याच खेलेका बलर करण केसीले आफूलाई प्रमाणित गर्ने राम्रो प्रयास गरेका छन् । 

कुरुनेगालाले प्रस्तुत गरेको २९९ रनको लक्ष्य पछ्याएको नेपालले ७०.२ ओभरमा सबै विकेट गुमाएर २११ रन मात्र बनाउन सक्यो ।
खराब सुरुवात गरेको नेपालको पारी मध्यक्रमका व्याट्सम्यानले सम्हाल्ने प्रयास गरे ।

नेपालका राजेश पुलामी शतकको कीर्तिमान बनाउन मात्र ५ रनले चुके । उनी ९५ रनमा आउट भए । १७३ बलको सामना गरेका उनले ११ चौका हानेका थिए । यो प्रथम श्रेणी क्रिकेटमा कुनै पनि नेपाली व्याट्सम्याननले बनाएको यो सर्वाधिक रन हो ।

यसअघि शरद भेसवाकरले सन् २००५ मा यूएईविरुद्ध ८९ रन बनाएका थिए भने २००४ मा शक्ति गौचनले मलेसियाविरुद्ध ६९ रन बनाएका थिए ।

आक्रामक व्याटिङ गरेका सागर पुनले ४८ बलमा चार चौका र दुई छक्को मदतमा ४४ रन बनाए । कुरुनेगालाविरुद्ध दोस्रो पारीमा छक्का हान्ने उनी एक्ला नेपाली व्याट्सम्यान हुन् ।

सोमपाल कामी १७, पारस खड्का १५ र शक्ति गौचन १० रनमा आउट भए । नरेश बुढायरले ७, अनिल मण्डलले ५ तथा करण केसीले १ रन बनाए भने सुवास खकुरेल, विनोद भण्डारी र भुवन कार्कीले खाता नै खोल्न सकेनन् ।

कुरुनेगालाका चामिकारा एक्लैले २८.५ ओभरमा सात मेडन राख्दै ८४ रन दिएर ६ विकेट लिए ।

यसअघि ६ विकेटको क्षतिमा बनाएको १२९ रनबाट तेस्रो तथा अन्तिम दिनको खेल थालेको कुरुनेगालाले थप दुई विकेट गुमाएर कुल १३८ रन बनाएपछि पारी अन्यको घोषणा गरेको थियो ।

यससँगै पहिलो पारीमा १६० रनले पछि परेको नेपालले २९९ रनको लक्ष्य पाएको थियो ।

पहिलो पारीमा कुरुनेगालाले १० विकेट गुमाएर ३४७ रन बनाएको थियो । सोमपाल कामीले ५ विकेट लिएका थिए ।

नेपाल भने पहिलो पारीमा १८७ रनमा आउट भयो । कप्तान पारसले ५९ रन बनाए भने सोमपाल कमी ४९ रनमा आउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment