Comments Add Comment

सोमबारदेखि रत्नपार्क खाली

ratnapark

६ मंसिर, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क शिखर सम्मेलनका लागि भन्दै सरकारले सोमबारदेखि रत्नपार्क खाली गराउने भएको छ । सार्क राष्ट्रका पाहुनाको सुरक्षालाई दृष्टिगत गर्दै सम्मेलनस्थल (राष्ट्रिय सभागृह) वरिपरिसमेत पैदलयात्रामा निषेध गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार पक्रकार सम्मेलन गरी सार्क सम्मेलन गरी सार्क सम्मेलन अवधिभर पुतलीसडकको पद्मोदयदेखि राष्ट्रिय सभागृहसम्म सो मार्ग पूरै बन्द हुने जानकारी गराएको छ ।

महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक केशव अधिकारीले सुरक्षाका कारण पनि रत्नपार्क वरपर, भद्रकाली सडकखण्ड तथा पुतलीसडक मार्ग खाली गराउन लागेको जानकारी दिए । सरकारले ९-१२ मंसिरसम्म निजी तथा सार्वजनिक विद्यालय बन्द हुने र १० र ११ गते सार्वजनिक बिदासमेत दिएकाले १८ औं सार्क सम्मेलन सुनसान अवस्थामा गर्न लागेको प्रष्ट भएको राजधानीमा खबर छ ।

सार्क सम्मेलनका लागि राष्ट्र प्रमुख र सरकार प्रमुख ८ र ९ मंसिरमा नेपाल आउने भएकाले दुवै दिन ट्राफिक अवस्था अस्तव्यस्त हुने कुरालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सवारीसाधनमा जोर-बिजोर नम्बर प्रणाली लागू गरेको जनाएको छ ।

सम्मेलन अवधिभर रणोद्वीप भद्रकाली, पद्यमोदय, सभागृह, शंकरदेव-पूरानो बसपार्कलगायतका क्षेत्रमा सबै प्रकारका सवारी साधन प्रवेशमा रोक लगाइएको छ । राजधानीमा हाल १० लाखको हाराहारीमा सवारीसाधन गुड्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment