Comments Add Comment

बलपूर्वक धर्म परिवर्तनमा जर्मनीको विरोध

५ पुस, काठमाडौं । युरोपेली संघमा आबद्ध जर्मनीले आफू दबाबपूर्ण धर्मपरिवर्तनको विपक्षमा रहेको प्रष्ट पारेको छ। यसअघि नेपालका लागि वेलायतका राजदूत एन्डी स्पाक्र्सले धर्म परिवर्तनको पक्षमा संवैधानिक व्यवस्था गर्न सभासद्हरूलाई अपिल गरेपछि त्यसको विरोध भएको थियो। जर्मनी र बेलायत संघमा आबद्ध शक्तिशाली राष्ट्र हुन्।

Bild_Bo_Meyerनेपालको धार्मिक मामिलामा वेलायत र जर्मनीको पृथकपृथक धारणा सार्वजनिक भएपछि संघमा आबद्ध मुलुकका काठमाडौंस्थित कूटनीतिक नियोग पनि यस विषयमा विभाजित देखिएका छन्। नयाँ संविधानमा नेपाल हिन्दु राष्ट्र या धर्म निरपेक्ष के ले ने भन्ने आन्तरिक विवाद चलिरहेका बेला यस विषयमा जर्मनीले अन्य पश्चिमी देशहरू भन्दा पृथक रु पमा आफूलाई प्रस्तुत गरेको हो।

संघ सम्बद्ध मुलुकका कूटनीतिक निकायबीच बिहीबार नेपालको धार्मिक मामिलामा बेलायती राजदूत स्पाक्र्सको अभिव्यक्ति ले पारेको नकारात्मक असरका बारेमा समीक्षा भएको थियो। राजदूत स्पाक्र्सले धर्म परिवर्तनको व्यवस्था संविधानमै गर्न सभासदहरूलाई अपिल गरेपछि त्यसको बिरोध भएको थियो।

जर्मन राजदूत माथियास मायरले दबाबपूर्ण धर्मपरिवर्तनको पक्षमा आफूहरू नरहेको स्पष्ट पारेका छन्।मायरले भने, ‘हामी धार्मिक स्वतन्त्रताको पक्षमा छौं तर दबाबपूर्ण धर्म परिवर्तनकेा पक्षमा छैनौ। धर्मपरिवर्तन व्यक्तिगत स्वतन्त्रताको विषय हो।’ मायरले नेपालमा कस्तो संविधान बनाउने भन्नेबारे निर्णय गर्ने अधिकार नेपाली जनता र उनीहरु का प्रतिनिधिलाई मात्र रहेको स्पष्ट पारे। उनले भने, ‘हामी नेपाली जनता र राजनीतिक दलहरु लाई सहयोग गर्छौ तर दबावपूर्ण सुझाव दिँदैनौ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment