Comments Add Comment

झरीले ततायो सेयर बजारका लगानीकर्ता

Nepse-index-falgun14१४ फागुन काठमाडौं । बिहिबार बिहानैदेखि परेको झरी बाहिरी मौसम चिसो भएपनि सेयर बजारका लगानीकर्ता भने तातेका छन । केहीदिनदेखि बढ्न नेप्से परिसूचक बिहीबार ८.६५ अंकले बढेको छ ।

बिहीबारको उत्पादनमूलक समुह बाहेक सबै समुहगत सूचकहरु बढेका छन । यो दिन उत्पादनमूलक समूहको सूचक भने १३ अंकले घटेको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ ।

त्यसैगरी, होटलको ७१ अंकले, बीमाको ४६ अंकले, जलविद्युतको २० अंकले, विकास बैंकको ९ अंकले वित्त कम्पनीको साढे १ अंकले र अन्य समूहको सूचक २२ अंकले बढेको छ ।

यो दिन १ सय २५ कम्पनीका ६ लाख ४५ हजार कित्ता सेयर १८ करोड ७० लाख रुपैयाँमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment