Comments Add Comment

विश्व क्रस कन्ट्रीमा हरि ९५ औं स्थानमा

१४ चैत, काठमाडौं । चीनको गुइवानमा भएको विश्व क्रस कन्ट्री च्याम्पियनसिपको पुरुष १२ किलोमिटर दूरीको दौड नेपाली धावक हरिकुमार रिमाले ९५ औं स्थानमा टुंगाएका छन् ।

आइतबार भएको च्याम्पियनसिपमा हरिले सहभागी १ सय १० मध्ये ९५ औं स्थान हासिल गरेको नेपाल एथलेटिक्स संघका महासचिव सुनील राजवंशीले जनाएका छन् ।

महिलाको ८ किलोमिटर दूरी प्रतिस्पर्धामा नेपाली धाविका विश्वरुपा बुढा ७८ औं स्थानमा रहिन् । यो स्पर्धामा ८२ प्रतिस्पर्धी सहभागी थिए । हरि र विश्वरुपा दुवै नेपाल आर्मीका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment