Comments Add Comment

एसएलसीको तयारी गर्दा बैद्यपत्नी बिरामी

५ वैशाख, काठमाडौ । एक महिनाअघि एसएलसी परीक्षा दिए पनि परीक्षाको तयारीले विरामी परेकी नेकपा-माओवादी अध्यक्ष मोहन वैद्य पत्नी सुष्मालाई अहिलेसम्म निको भएको छैन । ५८ वर्षीया सुष्मा एसएलसीको तयारीका लागि राती अबेरसम्म पढ्ने गरेकोले परीक्षापछि विरामी भएकी हुन् । Mrs Susma Baidya

एसएलसी परीक्षा दिँदा अरुले चिट चोरेको देखे पनि आफूले भने चिट चोर्न नसकेको उनले सौर्यसँगको कुराकानीमा भनिन् ।

गोंगबुको चेतना महिला माविमा अध्ययन गरी यो वर्ष एसएलसीमा सहभागी भएकी सुष्मा परीक्षामा पास हुनेमा भने ढुक्क छैनन् । पास भए कलेज पढ्ने ठूलो रहर रहेको पनि सुष्मा बताउँछिन् ।

अंग्रेजीमा राम्रै भए पनि परीक्षामा भने अंग्रेजी राम्रो नभएको बताइन् । परीक्षामा फोटो खिच्न आउने पत्रकारको कारण पहिलो दिनको अंग्रेजी विषयको परीक्षा राम्रो गर्न नसकेको उनको अनुभव छ । तर अन्य विषय भने राम्रो गरेको उनले बताइन् । सुष्मासँगै एमाओवादी नेता कृष्णबहादुर महरा तथा स्वर्गीय पोष्टबहादुर बोगटीपत्नी लगायत सात जनाले एक साथ पढाइ सुरु गरेका थिए ।

महरापत्नीले विरामी भएपछि २ कक्षादेखि नै पढाइ छाडिन् भने बोगटीपत्नीले ६ कक्षाबाट पढाइ छाडिन् । तर वैद्यपत्नीले भने श्रीमानको बुर्जुवा शिक्षाको क्लासको वेवास्ता गर्दै अध्ययन अघि बढाएकी हुन् ।

२०५२ सालदेखि माओवादीले सशस्त्र युद्ध सुरु गरेपछि वैद्य, महरा तथा बोगटी पत्नी युद्धमा होमिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment