१५ असार, काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकको सहायक संस्था रिलायबल माइक्रोफाइनान्स लिमिटेडले असार २२ गतेदेखि साधारण सेयर निष्काशन गर्ने भएको छ । १०० रूपैयाँअंकित दरका १ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ ।
जसमध्ये ७ हजार ५ सय कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँट भइसकेको छ भने ३ हजार कित्ता कर्मचारीको लागि छुट्याइएको छ |
यो कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । सिभिल क्यापिटल मार्केट, कमलादी, रिलायबल माइक्रोफाइनान्सको मुख्य कार्यालय लम्जुङ्ग, रिलायबल डेभलपमेन्ट बैंकको ज्ञानेश्वोर, बिराटनगर, पोखरा, सुन्दरबजार र भुमही साखा कार्यालयहरु, भर्गाव विकाश बैंकको कंचनपुर शाखा कार्यालय, कन्चन डेभलपमेन्ट बैंकको कन्चनपुर शाखा कार्यालय र बागमती डेभलपमेन्ट बैंकको हरिबन शाखा कार्यालयबाट प्राप्त गर्न सकिने तथा रकम बुझाउन सकिने छ |
लमजुङको बेसिसहरमा मुख्य कार्यालय रहेको यो माइक्रोफाइनान्सको १० जिल्ला कार्य क्षेत्र रहेको छ | २०७० साल जेठ ५ गते देखि कारोबार सुरु गरेको यस संस्थाले चालू अार्थिक वर्षको पुस मसान्तसम्ममा ४१ लाख ७ हजार रूपैयाँ नाफा कमाएको छ ।