Comments Add Comment

उपहार गोलको मदतमा जापान फाइनलमा

Japan

१७ असार, काठमाडौं । उपहार गोलको मदतमा इंग्ल्याण्डलाई पराजित गर्दै जापान महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार बिहान भएका सेमिफाइनलमा जापानले इंग्ल्याण्डलाई २–१ ले पराजित गरेको हो । जापानको जितमा इन्जुरी टाइममा लौरा ब्यासेटको उपहार गोल निर्णायक रह्यो ।

कमनवेल्थ स्टेडियममा भएको खेलमा जापानले ३२ औं मिनेटमा आया मियामीले पेनाल्टी मार्फत गोल गर्दै अग्रता लिएको थियो ।

तर, ८ मिनेटपछि नै पाएको पेनल्टीमा इंग्ल्याण्डकी फारा विलियम्सले बराबरी गोल फर्काइन् ।

Laura Bassett

दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन सकिरहेको थिएन । तर, इन्जुरी टाइममा इंग्ल्याण्डकी ब्यासेटले आत्मघाती गोल गरेपछि जापान २–१ ले विजयी भयो ।

आफ्नो आत्मघाती गोलले पहिलो पटक सेमिफाइनल पुगेको इंग्ल्याण्ड विश्वकपबाट बाहिरिएछि ब्यासेट मैदानमा रोएकी थिइन् ।

जापानले अब उपाधिका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । अमेरिका जर्मनीलाई पराजित गर्दै उपाधि नजिक पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment