Comments Add Comment

चिडियाखानामा भाले गोरिल्ला हेर्न युवतीको भिड

gorilla

सुन्दर तथा सुगठित तन्नेरीप्रति युवतीहरु आकषिर्त हुने कुरा नौलो होइन । तर जापानमा भने युवकप्रति होइन एउटा गोरिल्ला जनावरप्रति युवतीहरु अत्यन्तै आकषिर्त हुन थालेका छन् । उक्त गोरिल्ला हेर्नका लागि चिडियाखानामा युवती तथा महिलाहरुको भिड लाग्ने गरेको छ ।

जापानको नागोयामा रहेको हिगासियाम चिडियाखाना तथा बोटानिकल गार्डेनमा रहेको १८ वर्षको शावानी नामको भाले गोरिल्ला अहिले सुपरस्टार बनेको छ ।
१ सय ८० किलो तौलको यो गोरिल्लाको जिउडाल गठिलो तथा बलियो छ भने देख्नमै पनि सुन्दर छ ।

यो देख्नमा मात्र सुन्दर होइन यसले चिउडोमा हात राखेर आफुलाई हेर्न आएका मानिसहरुलाई मज्जाले हेर्ने गरेको चिडियाखानका प्रवक्ता ताकायुकी इसिकावा बताउँछन् । साथै आफ्नो फोटो खिच्न कसैले थाल्यो भने मज्जाले पोज पनि दिन्छ ।

यो गोरिल्ला अहिले आफ्नो वैशालु उमेरको चरम उत्कर्षमा छ । त्यसैले यसको जिउडाल तथा सुन्दरताका साथै बानी व्यवहार पनि आकर्षक तथा मिलनसार बनेको छ । भाले गोरिल्लाको क्रेज बढ्दै जाँदा पछिल्लेा समयमा चिडियाखाना घुम्न आउने महिला दर्शकको संख्या बढ्दै गएको उनी बताउँछन् । महिलाहरुले गोरिल्लालाई निकै ह्याण्डसम रहेको बताउने गरेको अनुभव प्रवक्ताको रहेको छ ।

शाबानी गोरिल्ला सन् २००७ देखि चिडियाखानामा बस्दै आएको छ । यो वर्षको सुरुमा भएको वसन्त उत्सवका अवसरमा उसलाई अभियान मोडेल बनाएपछि उसको चर्चा बढेको हो ।

यो गोरिल्ला राम्रो भएकोले मात्र होइन यसको गुन पनि उत्कृष्टै छ । ऊ धेरैवटा बच्चाको बाउ हो र आफ्ना बच्चालाई गर्ने स्याहार सुसार पनि मज्जाले गर्छ । उसले निर्वाह गर्ने बाउको भूमिकाले पनि सबैलाई प्रभावित गरेको छ ।

यो गोरिल्ला जापानमा अहिले राष्ट्रिय सेलिब्रेटी नै बनेकोछ । यसलाई त्यहाँका चर्चित टेलिभिजनहरुले लोकपि्रय कार्यक्रमहरुमा प्रस्तुत गरिसकेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment